२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली–मोदी टेलिफोन संवाद, भारतमा स्वागत गर्न आतुर छु : मोदी

अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गर्न निम्तो दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले आइतबार एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आफू भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताएका हुन् ।

एमाले र माओवादी केन्द्रका पार्टी एकता संयोजन समितिको बैठक भइरहेको समयमा अपराह्न साढे चार बजे भारतीय प्रधानमन्त्रीले फोन गरेका थिए । दुवै नेताहरुबीच दस मिनेट संवाद भएको थियो ।

‘प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिनुभएको छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताउनुभएको छ ।’टेलिफोन संवादमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीलाई पहिलो नेपाल भ्रमणका लागि आमन्त्रण गरेका थिए ।

‘अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गर्नुभएको छ,’ अधिकारीले भने । उनले प्रधानमन्त्रीका रुपमा ओलीसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले यसअघि सुशील कोइराला नेतृत्वको सरकार भएको समयमा दुवै तीर्थ स्थलको भ्रमण गर्ने चाहेका थिए । तर अन्तिम समयमा आएर स्थगित भएको थियो । यसअघि पुसमा मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरेका थिए । देउवालाई चुनाव सम्पन्न गर्न सफल भएको र ओली तथा दाहाललाई जितका लागि बधाई दिएका थिए ।

मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि ओली र मोदीबीच दोस्रो पटक टेलिफोन संवाद भएको हो । चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले करिब दुई तिहाइ स्थानमा जित हासिल गरेको छ । नेकपा एमालेका नेता राजन भट्टराईले उच्च नेतृत्वबीचको निरन्तर रुपमा हुने संवादले दुवै देशबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने बताए । ‘उच्चस्तरको नेतृत्वबीच सम्पर्क र संवादले सम्बन्ध सुधारका लागि सकारात्मक प्रभाव पार्नेछ,’ भट्टराईले भने, ‘दिल्लीसँग राम्रो सम्बन्ध हुनुपर्छ । हाम्रो धारणा भनेको आन्तरिक विषयमा कुनै प्रकारका हस्तक्षेप हुनु हुँदैन भन्ने हो ।’

पछिल्लो समयमा भारतीय सञ्चारमाध्यमहरुमा दक्षिण एसियाली क्षेत्रमा चिनियाँ प्रभाव विस्तार हुँदै गएको भन्दै नेपालसहित छिमेकी देशहरुसँग सम्बन्ध सुधार गर्न मोदी सरकारलाई सुझावसहितका सामग्री प्रकाशित हुँदै आएको छ । २०७२ मा नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले ओली प्रधानमन्त्री रहेका बेला नेपालमाथि पाँच महिना नाकाबन्दी लगाएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments