२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खुट्टाले हैन साहसले चढिन्छ सगरमाथा’

अ+ अ-

काठमाडौं । रोल्पा थबाङका हरि बुढामगरलाई बाल्यकालदेखि नै घरअघिको हिमालले लोभ्याउँथ्यो । त्यही लोभले उनमा सगरमाथा चढ्ने चाहना पलायो । १९ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका उनले विभिन्न देशमा युद्धमा खटिने क्रममा ३२ वर्षको उमेरमा दुवै खुट्टा गुमाए । सन् २०१० मा अफगानिस्तानमा विद्युतीय धरापमा परेपछि दुवै खुट्टा गुमाए पनि उनले मनभित्र लुकाएर राखेको सपना भने हराएन बरु झनै जीवन्त बनेर आयो ।

यही सपना पूरा गर्न ३८ वर्षको उमेरमा सगरमाथा चढ्ने तयारी गरेका उनलाई सरकारले पर्वतारोहणसम्बन्धी नियमावलीमा थपेको नयाँ प्रावधान हिमालभन्दा ठूलो पर्खाल बनेर उभिएको छ ।

कीर्तिमान राख्ने भन्दै हिमाल आरोहण गर्नेको संख्या बढ्न थालेपछि सुरक्षालाई ध्यानमा राखेर गत पुस दोस्रो साता मन्त्रिपरिषद् बैठकले शारीरिक अशक्तलाई हिमाल आरोहणमा बन्देज लगाउने निर्णय ग¥यो । यही निर्णय अहिले आफ्ना सामु ‘विभेदको सगरमाथा’ बनेर तेर्सिएको उनी बताउँछन् । सरकारले पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को दफा ३ को उपदफा २ संशोधन गरी दुई हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्नेलाई आरोहण अनुमतिमा रोक लगाएको छ ।

अफगानिस्तानमा लडाइँका क्रममा विद्युतीय धरापमा परेर दुवै खुट्टा गुमाएका उनले सगरमाथा चढ्ने सपना नेपाल सरकारले बनाएको कानुनले धरापमा परेको बताए । ताालिवान र अलकायदाविरुद्धको कारबाहीमा अमेरिका नेतृत्वको उत्तर एटलान्टिक सैनिक संगठन ९नेटो० सैनिकका रुपमा सन् २०१० को अप्रिलमा अफगानिस्तान पुगेका बेला धरापमा परेर दुवै खुट्टा गुमाउँदा पनि जीवनप्रति निराश नदेखिएका उनी हिमाल आरोहणसम्बन्धी सरकारको पछिल्लो निर्णयले दुःखी छन् ।

‘सगरमाथा चढ्ने तालिम लिने क्रममा अघिल्लो महिना मुस्ताङमा छँदा आरोहणमा सरकारले बनाएको नयाँ व्यवस्थासम्बन्धी खबर सुनें,’ उनले भने, ‘थोराङलामै मैले विभेदको सगरमाथा देखें ।’ विद्युतीय विस्फोटमा नमरेको सपना नेपाल सरकारको कानुनी धरापमा परेको उनले बताए ।

सरकारले भनेजस्तै उनलाई पनि आफ्नो सुरक्षाको चिन्ता छ । हिमाल आरोहणका लागि सुरक्षा उपाय अपनाउनुपर्नेमा उनी पनि सहमत छन् तर खुट्टा नभएकै कारण मात्र देखाएर आरोहणमा रोक लगाउनु दुर्भाग्य भएको उनी बताउँछन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments