गठबन्धन सरकारको कार्यक्रम बनाउन गौतमको नेतृत्वमा कार्यदल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गठबन्धन सरकारको कार्यक्रम बनाउन गौतमको नेतृत्वमा कार्यदल


८ माघ २०७४, सोमबार


काठमाडौं । एमाले र माओवादी केन्द्र एकताका लागि गठित पार्टी एकता संयोजन समितिले अब बन्ने वाम गठबन्धन सरकारको कार्यक्रम बनाउन कार्यदल गठन गरेको छ । एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा बसेको बैठकले वामदेव गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा एमालेबाट भीमबहादुर रावल र डा. विजय पौडेल तथा माओवादी केन्द्रबाट पूर्वअर्थमन्त्री वर्षमान पुन र नेता गिरिराजमणि पोखरेल सदस्य छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा. युवराज खतिवडा र मीनबहादुर श्रेष्ठ पनि कार्यदलमा सदस्य छन् ।

यसअघि राष्ट्रिय सभा सिट बाँडफाँड र प्रदेश सरकार गठनको गृहकार्यका लागि गठबन्धनले ६ सदस्यीय कार्यदल बनाएका थिए । गत २५ पुसमा गठित कार्यदलले बैठकमा सिट बाँडफाँडसम्बन्धी प्रतिवेदन एकता संयोजन समितिलाई बुझाएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस