२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घोषणापत्र जारी गर्दै कांग्रेस भेला सम्पन्न

अ+ अ-

भक्तपुर । नेपाली कांग्रेसको शुद्धीकरण तथा सुदृढीकरण राष्ट्रिय अभियानअन्तर्गत यहाँबाट शुरु भएको पहिलो कांग्रेस भेला पार्टीलाई गुट उपगुटबाट मुक्त गर्नुपर्ने लगायत बुँदा राखिएको घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

‘हाम्रो अभियान हाम्रो कांग्रेस’ भन्ने नाराका साथ नेपाली कांग्रेस शुद्धीकरण तथा सुदृढीकरणका लागि सात प्रदेशबाट सहभागी कांग्रेस नेताहरुको भेला घोषणापत्र जारी गर्दै सम्पन्न भएको नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले जानकारी दिए ।

कायस्थले भने, ‘भेलाले देशमा हालै सम्पन्न तीन वटै तहको निर्वाचनको समीक्षा गरेको छ, कांग्रेसले भोग्नुपरेको पराजयका कारण खोजी गर्दै समस्या केलाउने काम भयो । अबका चुनौती के के छन् ? पार्टीको अबको कार्यदिशा के हुनुपर्छ भन्नेबारेमा बृहत् छलफल भयो, पार्टीको विधानलाई समयानुसार परिमार्जन गर्नुपर्ने सुझावसमेत नेतृत्वलाई दिनेबारेमा छलफल भयो ।’

तल्लो तहदेखि कांग्रेसलाई मजबुत बनाएर लैजानुपर्ने, देशको नयाँ संरचनानुसार पार्टीलाई रुपान्तरण गरेर लैजानुपर्ने, पार्टीमा निरन्तर रुपमा लागिरहेका पुराना नेता एवं कार्यकर्तालाई जिम्मेवारी दिइनुपर्नेलगायत बुँदा घोषणापत्रमा छ ।

भेलामा कांग्रेसमा धेरै वर्ष योगदान दिएका, प्रजातन्त्रका लागि पटक पटक कारागार परेका, अवसर र जिम्मेवारीबाट वञ्चित भएका, पार्टीको राजनीतिमा निरन्तर क्रियाशील रहेका, तरुण– विद्यार्थी– महिला तथा देशभरका १३० पुराना नेता एवं पूर्व सांसदको सहभागिता थियो ।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै पार्टीलाई मजबुत बनाउने उद्देश्यले शुरु भएको भेला सात वटै प्रदेशमा गरिने तय भएको भेलामा सहभागी युवा नेता उमेशजंग रायमाझीले जानकारी दिए ।

भेलाले कुनै व्यक्ति वा गुटको पक्ष वा विपक्षमा नलागी पार्टीलाई सुदृढ बनाएर लैजानेबारे बृहत् छलफल गरिएको काँग्रेसका नेता देवराज चालिसेले बताए ।

भेलामा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, कांग्रेसका नेता रामपल्टन साह, नारायण भट्टराई, प्रताप गुर्घामीलगायतले पार्टीलाई आदर्श र सिद्धान्तअनुसार चलाउन अभियान महत्वपूर्ण रहेको बताए । देशभरबाट भेला भएका नेताले कांग्रेसलाई व्यक्तिवादी रुपमा लैजाने र गुट बनाएर जाने प्रवृत्तिको अन्त्य गर्दै सिंगो कांग्रेस, हाम्रो काँग्रेसका रुपमा अगाडि बढाउन देशभरका कांग्रेस लाग्नुपर्नेमा जोड दिएका थिए ।

हलेसीमा सभापति भेला हुँदै

कांग्रेसका सभापतिहरुको भेला सोमबार खोटाङको हलेसीमा बस्ने भएको छ । निर्वाचनको समीक्षा गर्ने तथा आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल हुने भक्तपुरका अध्यक्ष दुर्लभ थापाले जानकारी दिए ।

दुईदिने भेलाले जिल्ला सभापतिको राष्ट्रिय भेला तत्काल बोलाउन अनुरोध गर्नाका साथै राष्ट्रियसभामा अवसर नपाएका जिल्ला सभापतिलाई कसरी प्रतिनिधित्व गराउन सकिन्छ भन्नेबारेमा छलफल हुने बताइएको छ । प्रदेश नं ३ का जिल्ला सभापतिको भेला शुक्रबार भक्तपुरमा बसेको थियो । रासस

0 Comments