ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग


७ माघ २०७४, आइतबार


पोखरा । ब्लड क्यान्सर रोगबाट पीडित पोखराको रामबजार निवासी ईश्वर गर्वुजाका छोरा मिगिन गर्वुजाको उपचारका लागि शनिबार छ लाख १४ हजार ५०० सहयोग प्राप्त भएको छ ।

पोखराको पूmलबारीस्थित मनकामना बोर्डिङ स्कुलका पूर्वविद्यार्थीको संस्था (मेसा)का अध्यक्ष शिव पुनले शनिबार आठ वर्षीय पीडित बालक मिगिनका पिता ईश्वरलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । हाल उनको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । मेसाका अध्यक्ष पुनको सक्रियतामा विभिन्न देशमा रहेका सदस्यहरूबाट उक्त रकम संकलन गरिएको हो ।

एक वर्षअघि ब्लड क्यान्सर रोग लागेका मिगिनको उपचारका लागि यसअघि युनाइटेड क्लबले दुई लाख ५२ हजार सहयोग प्रदान गरिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस