प्रदेश सभा सदस्यको शपथ आज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश सभा सदस्यको शपथ आज


७ माघ २०७४, आइतबार


काठमाडौं । सातै प्रदेशका प्रदेशसभा सदस्यहरुको सपथ आज हुने भएको छ । ७ वटै प्रदेशका ५५० प्रदेश सभा सदस्यको शपथ आज हुन लागेको हो ।

गत १० र २१ मंसिरमा गरी दुई चरणमा सम्पन्न प्रदेशसभा निर्वाचनबाट प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० जना प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

प्रदेश १ को सपथ विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेशसभा सदस्यहरुको शपथ हुनेछ भने २ नम्बर प्रदेशको सपथ ग्रहण समारोह जनकपुर उद्योग वाणिज्य संघको राजर्षि जनक हलमा हुनेछ ।

प्रदेश नम्बर ३ को सपथ ग्रहण कार्यक्रम क्षेत्रीय शिक्षा निर्देशनालयमा हुने छ भने प्रदेश नम्वर ४ को पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रमा शपथग्रहण कार्यक्रम हुँदैछ ।

प्रदेश ५ को सपथ ग्रहण कार्यक्रम बुटवलस्थित रूपन्देही व्यापार संघको सभाहलमा हुनेछ । प्रदेश ६ को सपथ ग्रहण समारोह जिल्ला समन्वय समिति सुर्खेतको हलमा हुने भएको छ ।

प्रदेश ७ को सपथ ग्रहण समारोह कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा हुने भएको छ ।

प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउने छन् ।

प्रतिक्रिया दिनुहोस