२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी ढुकुटी वाणिज्य बैंकहरुमा राख्ने तयारी

अ+ अ-

काठमाडौं । लगानीयोग्य पुँजी अभावको समस्या समाधान गर्न सरकारले दीर्घकालीन उपाय खोज्न थालेको छ। यसका लागि सरकारले राष्ट्र बैंकमा रहेको सरकारी खाताको पैसा निजी बैंकमा राख्ने तयारी गरेको छ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले अर्थ मन्त्रालयका भएको छलफलमा सरकारी खातको पैसा निजी बैंकमा राख्न सरकारी अधिकारी सकारात्मक भएको जानकारी दिए। उनले भने, ‘त्यसो भयो भने हामीले सरकारी पैसा चलाउन पाउछौं। उहाँहरूलाई चाहिएको समयमा लैजानु हुन्छ ।’

पछिल्ला वर्ष पुँजीगत खर्च नबढेका कारण सरकारी खातामा पैसा थुप्रिँदै गएको छ । बैंकिङ क्षेत्रमा भएको पैसा करका रूपमा सरकारी खातामा गएर थुप्रिएपछि बजारमा लगानीयोग्य पुँजीको अभाव हुँदै आएको छ । यसले गर्दा बैंकिङ क्षेत्र कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

‘अहिले बैंकहरू थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा छन्ु, अध्यक्ष ढुन्गानाले भने, ‘अब पुँजीगत खर्च बढ्छ । तेस्रो त्रैमासिकबाट पुँजीगत खर्चमा हुने वृद्धिले बैंकमा बचत बढ्दै जान्छ। बचत बढेपछि मात्रै बैंकले नयाँ कर्जा दिन सक्नेछन् ।’

चालू आवको पहिलो छ महिनामा तीन अर्ब ३४ अर्ब ९३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । बैंकिङ क्षेत्रले पुसमा ८० अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गर्दै आए पनि सरकारले ९३ अर्ब राजस्व संकलन गरेको थियो । अहिले सरकारी खातामा तीन खर्ब ४८ अर्ब रुपैयाँ बचत छ ।

अर्थसचिव शंकरप्रसाद अधिकारी वाणिज्य बैंकमा सरकारी पैसा राख्ने विषय अहिले छलफलका क्रममा रहेको बताए । उनले भने, ‘यसका लागि केही ऐन संशोधन गर्नुपर्छ। आगामी बजेटसम्म हामीले यो विषय टुंगो लगाई सक्छौं । वाणिज्य बैंकमा सरकारी पैसा राख्ने व्यवस्थाले तरलता अभाव कम गर्न केही हदसम्म सहयोग गर्छ ।’

गत वर्ष तरलताको अभाव भएको अवस्थामा नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष अनिलकेशरी शाहले सरकारी पैसा वाणिज्य बैंकको खातामा राख्दा आर्थिक वृद्धिदरलाई सघाउने बताए । उनले भने, ‘अहिलेसम्म करबाट संकलन भएको पैसा घरको ध्याम्पोमा राखेजस्तो भयो । सरकारले विभिन्न कारणले समयमा पैसा खर्च गर्न सकेन। यसले गर्दा आर्थिक विकास प्रभावित भयो ।’

‘वाणिज्य बैंकले सरकारी खातामा रहने अर्बौ रुपैयाँबाट खर्बौको काम गर्न सक्छन्’, निवर्तमान अध्यक्ष शाहले भने, ‘बैंकिङ पद्धतिमा आएको पैसा कर्जामा लगानी हुन्छ। त्यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ । उद्योग र व्यापार बढ्छ। यसले गर्दा सरकारले पाउने राजस्व पनि बढेर जान्छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments