२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोलिभियाको कोकिन नेपाल हुँदै युरोपसम्म

अ+ अ-

काठमाडौं । दक्षिणी अमेरिकी मुलुक बोलिभियामा उत्पादित लागुऔषध कोकिन नेपाल ‘ट्रान्जिट’ बनाएर युरोप लैजाने गरिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले एक वर्षभित्र बोलिभियाबाट ल्याइएका ८.२०३ केजी कोकिन बरामद गरेपछि यो तथ्य खुलेको हो । सो परिमाणको कोकिन तेस्रोपटकको अप्रेसनपछि बरामद गरेको ब्युरोले जनाएको छ ।

प्रहरीले एक वर्षभित्र बरामद गरेको आठ केजी कोकिनको अनुमानित मूल्य १६ करोड ४० लाख ६० हजार रुपैयाँभन्दा धेरै पर्छ । बरामद गरिएका सबै कोकिन नेपाललाई ‘ट्रान्जिट’ बनाउँदै युरोप लैजान लागिएको प्रहरीको भनाइ छ । ब्युरो प्रमुख डिआइजी ठुले राईले बोलिभियाको लागुऔषध कोकिन नेपाल हुँदै तेस्रो मुलुक लैजाने गरेको तथ्य भेटिएको बताए । ‘एक वर्षभित्र तीनवटा कोकिन कारोबारी पक्राउ भए, सबैमा बोलिभियन नागरिक संलग्न भएको पाइयो । ती कोकिन बोलिभियाबाटै आउने र युरोप जाने गरेको भेटिएको छ,’ उनले भने ।

प्रहरीका अनुसार कारोबारीले बोलिभियन लागुऔषध युरोप लैजान ब्राजिल, इथोपिया, भारतको दिल्ली, नेपाल र थाइल्यान्डको रुट प्रयोग गर्ने गरेका छन् । बिहीबार ठमेलबाट पक्राउ परेका बोलिभियन नागरिक ममनी अन्डाई बोलिभियाबाट ब्राजिल हुँदै इथोपिया, भारतको नयाँदिल्ली हुँदै नेपाल आएका थिए । थाई नगरिक खुलन्जाई खनरतमार्फत करिब दुई केजी कोकिन थाइल्यान्ड लैजाने तयारीमा थिए । थाइल्यान्डबाट सो कोकिन युरोप लैजान लागिएको प्रहरीको भनाइ छ । ‘ठमेलबाट बरामद कोकिन बोलिभियाबाट ब्राजिल हुँदै इथोपिया, नयाँदिल्ली हुँदै नेपाल ल्याएर थाइल्यान्डको बाटो भएर युरोप लैजाने तयारी रहेको अनुसन्धानबाट खुलेको छ,’ ब्युरो प्रमुख डिआइजी राईले भने ।

बोलिभियाबाट नेपालसम्म कोकिन ल्याउँदा लागुऔषध कारोबारीले तीन हजार अमेरिकी डलर अर्थात् तीन लाख रुपैयाँ ज्याला लिने गरेको खुलेको छ । बिहीबार ठमेलबाट बरामद भएको करिब दुई केजी कोकिन बोलिभियाबाट नेपालसम्म ल्याउँदा आफूले तीन हजार डलर शुल्क लिएको बयान फ्रेडी ममनी अन्डाईले ब्युरोलाई दिएका छन् । बोलिभियाबाट लागुऔषध तस्करले सात दिनमा नेपालसम्म कोकिन ल्याइपुर्‍याउने गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments