२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस बैठकमा देउवामाथि आक्रोस ‘सभापति हुँ भन्दैमा धक्म्याउने ?’

अ+ अ-

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । सिंहले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर देउवाले केही दिनअघि अनौपचारिक बैठकमा अनुशासनको कारबाहीको चेतावनी दिएपछि सिंह बैठकमै आक्रामक बनेका हुन् ।

‘पार्टी सभापति हुँदैमा हप्काउने, धम्क्याउने र कारबाही गर्ने धम्की दिने रु हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका व्यक्ति हौं । तपार्इंले कारबाही गर्ने भन्दैमा डराउने कुरै छैन,’ बैठकमा सिंहले भने, ‘कसले कारबाही गर्ने रु ल कारबाही गरेर देखाउनुहोस् ।’ सिंहले देउवा सिंगो पार्टीको सभापति बन्न नसकेको, केही व्यक्ति र समूहको मात्रै सभापति बनेको आरोपसमेत लगाए । ‘सीमित मान्छेलाई राखेर पार्टी चलाउने अनि कारबाहीको धम्की दिने ?,’ बैठकमा सभापतिप्रति सबैभन्दा आक्रामक देखिएका सिंहले विधि र विधानविपरीत पार्टी सञ्चालन गर्दाको परिणाम नै निर्वाचनमा पार्टी पराजित हुनुपरेको बताएका थिए ।

समानुपातिक सांसदको सूची बुझाउँदा पार्टी सभापतिले नै केन्द्रीय कार्यसमितिको निर्णय उल्लंघन गरेको सिंहको आरोप थियो । केन्द्रीय कार्यसमिति बैठकले सुजाता कोइरालाबाहेक समानुपातिकबाट सांसद भइसकेकालाई नदोहोर्‍याउने निर्णय लिएको थियो । स्वास्थ्यका कारण प्रत्यक्षमा चुनाव लड्न नसक्ने भएपछि कोइरालालाई समानुपातिकमा राख्न केन्द्रीय कार्यसमितिको बैठकले ‘अपवाद’ मानेको थियो । तर, सभापति देउवाले एकपटक मात्रै नभएर दुई पटकसम्म समानुपातिक सांसद भएकालाई समेत सूचीमा राखेको भन्दै सिंहले कडा विरोध गरे ।

यो मुद्दामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका सदस्यले समेत बैठकमा कडा विरोध गरेका छन् । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा देउवाले आफ्ना पक्षका आधा दर्जन बढीलाई दोहोर्‍याउन चाहेका छन् ।

‘केन्द्रीय कार्यसमितिको निर्णय उल्लंघन गर्ने अधिकार तपार्इंलाई कसले दियो ?,’ सिंहको प्रश्न थियो, ‘तपाईलाई मैले भोट दिइन होला तर तपार्इं हाम्रो पनि सभापति हो । तपाईं एउटा समूहको मात्रै होइन, सबैको सभापति हुनुपर्छ ।’ उनले विधानविपरीत बनाइएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन गर्नुपर्ने माग दोहोर्‍याए । पौडेल पक्षले यी दुई समितिमा विधानको व्यवस्थाविपरीत जम्बो समिति बनाएको भन्दै विघटनको माग गर्दै आएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा रहेका मध्येबाटै पदाधिकारी बनाउने गरी बढी मनोनीत गरिएको तर्क दिइए पनि प्रवक्ता बाहिरबाटै बनाइएको भन्दै सभापतिले विधान मिचेको आरोप पौडेल पक्षीय सदस्यले लगाएका छन् । दुई समिति नै विधानविपरीत भएको भन्दै नेता शेखर कोइरालाले संसदीय समितिमा आफू नरहेको घोषणा बैठकमा गरेका थिए । कोइरालालाई केन्द्रीय कार्यसम्पादन समितिमा नल्याई संसदीय समितिमा राखिएको थियो । ‘विधानविपरीत गठन भएको ठहर भएपछि म आजैबाट यो समितिमा नभएको जानकारी गराउँछु,’ कोइरालाले भने । उनले संस्थागत र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा नै पार्टीले निर्वाचनमा हार बेहोरेको बताएका थिए ।

केन्द्रीय सदस्य बलबहादुर केसीले पनि विधानविपरीतका दुवै समिति भंग गर्न माग गरे । देउवानिकट सदस्यले भने वरिष्ठ नेता पौडेलको सहमतिमै दुवै समिति बनाइएको भन्दै देउवाको प्रतिरक्षा गरेका थिए । ‘रामचन्द्र पौडेलले भन्दैमा सभापतिले विधान मिच्न पाइन्छ ?,’ केसीको भनाइ थियो, ‘विधानविपरीतका यी दुवै समिति तत्काल भंग गर्नुपर्छ ।’ केन्द्रीय सदस्य जीवन परियारले नेतृत्वले यही ढंगले पार्टी सञ्चालन गर्ने हो भने कांग्रेसलाई लोकतान्त्रिक पार्टीको परिचय दिन पनि समस्या पर्ने बताए । ‘पार्टी जुन विधि र प्रक्रियाबाट सञ्चालन भइरहेको छ, यसैका कारण कमजोर बन्दैछ,’ उनले भने, ‘पार्टी सञ्चालनको कार्यशैली र विधि प्रक्रियासम्मत हुन सकेन ।’

बैठकमा केन्द्रीय सदस्य गगन थापाले पहिलो पुस्ताका नेतालाई अब विश्राम लिएर अभिभावकको भूमिकामा बस्न आग्रह गरे । उनले अब पनि पहिलो पुस्तालाई नेतत्वमा राख्नु भनेको उहाँहरुका लागि पनि अन्याय हुने भन्दै विश्राम लिन आग्रह गरेका हुन । उनले निर्वाचन समीक्षाका लागि महासमिति र ‘अर्ली महाधिवेशन’ को माग पनि बैठकमा राखेका थिए ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूचीमा पार्टी सभापतिले एकलौटी गरेको बताउँदै असन्तुष्टि पोखेका थिए । ‘हामीलाई समानुपातिक सूची हेर्न पनि दिइएन, पूरै एकलौटी रूपमा गरियो । यो नेतृत्वको ज्यादतीको उत्कर्ष हो,’ सिटौलाको भनाइ थियो, ‘नेतृत्वबाट अब त्यस्तो नगरियोस् ।’

केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभामा यसअघि समानुपातिक र प्रत्यक्षबाट सांसद भइसकेकालाई ल्याउन नहुने बताएका थिए । ‘नेता हुन् या कार्यकर्ता, यसअघि सांसद भइसकेका र उम्मेदवार भएकालाई राष्ट्रिय सभामा ल्याउन हुन्न,’ उनले भने । अर्का नेता पूर्णबहादुर खडकाले भने पार्टीमा लागेर दुस्ख पाएका, जिल्ला कार्यसमितिका सभापति र महिलाहरूलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए । खडकाले केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विधानविपरीत छ भनेर आफूहरूले त्यतिबेलै उठाउँदा उम्मेदवार चयनको विशेष परिस्थितिलाई कारण मानिएको बताउँदै दुवै समिति पार्टी सभापति र वरिष्ठ नेता पौडेलको सहमतिमा बनेको बताए ।

बैठकमा तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार कांग्रेस प्रवेशपछिको पहिलो बैठकमा सहभागी भएर बोलेका थिए । उनलाई देउवाले विशेष आमन्त्रित सदस्यका रूपमा राखेका छन् । गच्छदारले पार्टी संगठन र निर्वाचनमा हार हुनुका कारणबारे धारणा राखेका थिए । बैठकमा केन्द्रीय सदस्य प्रदीप गिरी, बद्री पाण्डे, सरिता प्रसार्इं, उमाकान्त चौधरीले पार्टी सञ्चालन विधि र प्रक्रियासम्मत ढंगबाट हुनुपर्ने बताएका थिए । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकको पहिलो दिन पनि वरिष्ठ नेता पौडेललगायतले सभापति देउवाको कडा आलोचना गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments