इमान्दार सोहनलाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इमान्दार सोहनलाल


६ माघ २०७४, शनिबार


सोहनलाल ११ बर्षको हुनुभयो । उहाँ ३ कक्षामा पढ्नुहुन्छ । उहाँ सधै आफ्नो बिद्यालय आफै हिडेर जाने आउने गर्नुहुन्छ । सोहनलालको बाबा बिट् टु घर बनाउने मिस्त्रीको काम गर्नुहुन्छ । उहाँको आमा अरूको घरमा साफ सफाइको काम गर्नुहुन्छ ।

सोहनलालका तीनजना दिदीहरू हुनुहुन्छ । उहाहरूको सानै उमेरमा बिबाह भयो । दाजु पनि स्कुल जानु भएन । उहाँ पनि खेतीपाती गर्नुहुन्छ । तर, सोहनलाल पढ्न रूची राख्नुहुन्छ । त्यसैले खुशी–खुशी बिद्यालय जानुहुन्छ । उहाँ पढ्नमा ज्यादै अब्बल हुनुहुन्छ । उहाँ कक्षामा सधै प्रथम हुनुहुन्छ ।

शिक्षकको पनि प्यारो सोहनलाल पढाईमा ज्यादै मेहनत गर्नुहुन्छ । उहाँको घर र बिद्यालयको बीचमा नुतनराम चाचाको ठूलो आप, अमला, बयर मेवा, केराको बगैँचा छ । त्यो बगैचामा मौसम अनुसार लटरम्म फलफुल फलिरहन्छ ।

सोहनलालको मिल्ने साथी रबि सङै अरू साथीहरू बगौचामा गएर नुतन चाचालाई नभनी फलफुल टिप्नुहुन्छ । साथीहरूले बदमासी गरेपनी नुतन चाचाको कुटाइबाट साथीहरूलाई बचाउन दोष जति भने सबै आफै लिनुहुन्छ सोहनलाल । हरेक दिन सोहनलाल त्यही बाटो भएर हिड्नुहुन्छ । तर, उहाँले त्यो बगैचामा गएर कहिल्यै फलफुल टिप्नु भएन ।

नुतन चाचालाई सोहनलालको इमानदारी पन खुव मन परेको थियो । सोहनलालको इमानदारीलाई स्याबासी दिन एक दिन नुतनचाचा एउटा झोलामा पाकेका आँप लिएर सोहनको घरमा टुप्लुक्क आइपुग्नु भयो ।

जमिन्दार नुतन चाचालाई आफ्नो घरमा देखेर सोहनको परिवार खुव खुशी भयो । सोहनलालका छर छिमेकी पनि निकै खुशी भए ।

सोहनलाललाई नुतन चाचाले स्याबासी दिदै भन्नूभयो -इमान्दारीको फल सारै मीठो हुन्छ बाबू । त्यही इमान्दारीको फल दिन म यहाँ आएको हुँ । तिमी सबैको लागी प्रेरणाको श्रोत हौ । तिम्रो कल्याण होस् । तिमी अघि बढ । म सहयोग गर्छु । तिम्रो पढाइको सबै खर्च म ब्यहोर्छु । नुतन चाचाको कुरा सुनेर सोहन र उहाँको परिवार र छर छिमेकी खुव खुशी भयो ।

सोहनलालले नुतन चाचा र उहाँका मान्यजन सबैलाई ढोग गर्नुभयो र सबैलाई मुसुक्क मुस्कुराउदै धन्यवाद भन्नूभयो ।

Tags :
प्रतिक्रिया दिनुहोस