मन तरल देखाउछन् ठोस देखाउछन्
बुझ्नै गाह्रो मायामै आक्रोश देखाउछन्
आफैले आफैलाइ ऐनामा कहिलै हेर्दैनन्
यी मान्छे अरूको मात्रै दोष देखाउछन्
आपत पर्दा आफ्नाहरू कुन दुलोमा पस्छ्न्
खुसीमा आउछन् रमाउछन् जोस देखाउछन्
भलै घरमा अभावको महासागर भएपनि
बाहिर भने फुर्ति होस नहोस देखाउछन्