सिराडीको स्वरमा रहेको आजभोल मायालु भइगै विरानीले चर्चा बटुल्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिराडीको स्वरमा रहेको आजभोल मायालु भइगै विरानीले चर्चा बटुल्दै


५ माघ २०७४, शुक्रबार


धनगढी । कृष्णा सिराडीको गायन यात्रा धेरै लामो छैन, तर उनको गायकीको चर्चा खुब छ । यसको कारण हो– उनको जादूमयी स्वर । एक वर्ष नपुग्दै उनले झण्डै चार दर्जन भन्दा बढी गीतमा स्वर भरिसकेकी छिन् ।

दर्शक तथा स्रोताबाट निकै राम्रो प्रतिकृया पाइरहेको गायीका सिराडी बताउँछिन् । ‘उनहरूको रेस्पोन्सले मलाई अगाडि बढ्ने हौसला दिएको छ,’ उनी भन्छिन् ।

उनले हालसालै बजारमा ल्याएको ‘आजभोल मायालु भइगै विरानी’ बोलको गीतले पनि निकै चर्चा पाइरहेको छ । लोक गीत तथा लोक देउडा गीतमा स्वर भरेकी सिराडीले निकट दिनमै आधुनिक गीत र डिजे गीतमा सिन स्वर भर्ने योजना बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस