नवराज सिलवालको ट्विट– सरकारले प्रतिशोध साध्यो, उक्त नौटंकिको डटेर सामना गर्छु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नवराज सिलवालको ट्विट– सरकारले प्रतिशोध साध्यो, उक्त नौटंकिको डटेर सामना गर्छु


५ माघ २०७४, शुक्रबार


काठमाडौं । नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालले शुक्रबार ट्विट गर्दै सरकारले आफुप्रति प्रतिशोध साधेकाले आफेले त्यसको डटेर सामना गर्ने बताएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ ।’

कार्य सम्पादन मुल्यांकन किर्ते अनुसन्धानका क्रममा सोधपुछका लागि उनलाई पक्रन प्रहरीले सातवटै प्रदेशमा सर्कुलर जारी गरिसकेको छ ।

हेर्नुस् सिलवालको ट्विट

प्रतिक्रिया दिनुहोस