२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेरि सलबलायो अवैध क्रिप्टोकरेन्सीको कारोबार

अ+ अ-

काठमाडौं । नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार पुनः सुचारु भएको पाइएको छ । नेपालमा अवैध तरिकाले बिटक्वाइन, अल्टक्वाइन, इथेरियमलगायतका भर्चुअल क्वाइनहरूको उत्पादन (माइनिङ) तथा कारोबार भइरहेको समाचार नयाँ पत्रिकाले बाहिर ल्याएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

क्रिप्टोकरेन्सी कारोबार गर्ने र कारोबार सञ्चालन गर्ने ११ जनालाई पक्रिएपछि केही समय सेलाए पनि पुनः कारोबार सुचारु भएको पाइएको प्रहरीले जानकारी दिएको छ । ‘क्रिप्टोकरेन्सीको कारोबारमा कडाइ गरिए पनि कारोबारीहरूले लुकिछिपी नेटवर्किङमार्फत कारोबार गरिरहेको पाइएको छ,’ केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख डिआइजी पुष्कर कार्कीले भने, ‘कारोबारीहरूले तराईका बोर्डरछेउका सहरलाई केन्द्रित गरेर कारोबार सुचारु गरेको पाइएको हो ।’

नेपालमा प्रतिबन्धित भएपछि कारोबारीहरूले भारतीय सीमानजिक बसेर क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको सूचना पाएपछि प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको जनाएको छ । ‘हाम्रो सूचनामा पहिले नै पक्राउ परेका कारोबारीले पुनः क्रिप्टोकरेन्सीको कारोबार गरेको थाहा भएको छ,’ अर्का अनुसन्धान अधिकृतले भने, ‘अब उनीहरूसँगै नयाँ कारोबारीलाई पनि पक्राउ गरेर अनुसन्धान अगाडि बढाउँछौँ ।’

यसअघि नेपाल राष्ट्र बैंकले गत २९ साउनमा नेपालमा बिटक्वाइनलगायत कुनै पनि क्रिप्टोकरेन्सीको कारोबार गर्नु गैरकानुनी रहेको सूचना निकालेको थियो । प्रहरीले सोही सूचनालाई आधार मानेर अनुसन्धान गर्दा बिटक्वाइन तथा ग्य्राभिटी क्वाइनको कारोबार गर्ने ७ जनालाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो ।

प्रहरीले मुख्य कारोबारी ज्ञानप्रसाद (जिपी) पौडेल, प्रशान्तप्रताप शाह, माधव खनाल, बिन्दा ढकाल, मिङमार तामाङ, मिनीषकुमार गिरी र दमन बस्नेतलाई पक्राउ गरेको थियो । २५ दिन थुनामा बसेपछि ४२ लाख धरौटी तिरेर उनीहरू अदालतबाट तारेखमा रिहा भएका थिए ।

त्यसपछि प्रहरीले बिटसेवाका सञ्चालक कृष्णप्रसाद भुसाल र पुरुषोत्तमधर तुलाधरलाई पक्राउ गरेको थियो । बिटसेवाका सञ्चालकमध्ये राम ढकाल र अवित घिमिरे भने अझै पक्राउ परेका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments