डोटीमा आन्दोलनले उग्र रूप लिँदै, आन्दोलनकारी र प्रहरीबीच झडप « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डोटीमा आन्दोलनले उग्र रूप लिँदै, आन्दोलनकारी र प्रहरीबीच झडप


४ माघ २०७४, बिहिबार


डोटी । डोटीमा प्रदेशको माग गर्दै आएका आन्दोलन कारी र प्रहरीबीच झडप भएको छ । सरकारले प्रदेश नम्बर ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेको भन्दै सुरु भएको आन्दोलनले उग्र रूप लिँदा झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ । क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउने क्रममा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भएको हो ।

प्रहरीले प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालयमा ढुङ्गामुढा गर्दै आगो लगाउन खोजेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस