पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्दै प्रदेशका केन्द्रबारे जनाए असन्तुष्टि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्दै प्रदेशका केन्द्रबारे जनाए असन्तुष्टि


४ माघ २०७४, बिहिबार


काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले तोकेको अस्थायी प्रदेश केन्द्रको बारे सामाजिक संजालमार्फत असन्तुष्टि जनाएका छन् ।

भट्टराईले ट्वीट गर्दै संघीयताको मर्मविपरित र दल तथा नेताको नेताको निजी स्वार्थ हावी भएको टिप्पणी गर्दै यस्तो हुनु अत्यन्त दुखद र खेदजनक रहेको बताए ।

भट्टराइले भने, ‘खासगरी प्रदेश १, ५ र ७ (केही हदसम्म ३) मा पञ्चायतकालको विकास क्षेत्रको अवधारणा जत्तिको सन्तुलन पनि नदेखिनु अत्यन्त आपत्तिजनक छ । अब बस्ने प्रदेशसभाले मिलाओस् ।’

भट्टराइले गरेको ट्वीट

प्रतिक्रिया दिनुहोस