गायक विष्टको उपचार सहयोगार्थ अमेरिकामा सांगीतिक कार्यक्रम हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गायक विष्टको उपचार सहयोगार्थ अमेरिकामा सांगीतिक कार्यक्रम हुने


४ माघ २०७४, बिहिबार


काठमाडौं । मिर्गौलाको समस्याबाट ग्रसित पप सम्राट ओम बिक्रम बिष्टको सहयोगको लागि इन्टरनेसनल नेप्लिज आर्टिस्ट सोसाइटी (इनास)ले आउँदो सनिबार अमेरिकाको भर्जिनियामा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

दुवै मिर्गौलाको समस्याबाट ग्रसित अमेरिकामा उपचार गराइरहेका गायक बिष्टको सहयोगार्थ उक्त कार्यक्रमको आयोजना गरिन लागिएको इनासका सचिब कृष्ण श्रेष्ठले बताए । उक्त कार्यक्रममा अमेरिकाका विभिन्न स्थानमा बसोबास गर्ने कलाकारहरूको प्रस्तुती रहने उनले जनाए ।

गायक राम श्रेष्ट, जगदीश समाल, कलाकार सरोज खनाल, किरण प्रताप के सी, निशा अधिकारी, रिमा बिश्वकर्मा लगायतका कलाकारहरूको पनि प्रस्तुति रहने श्रेष्ठले जानकारी दिए ।

विष्टको उपचारका लागि सहयोग गर्न अमेरिकामा रहेका सम्पूर्ण नेपालीलाई इनासले आग्रह पनि गरेको छ । विष्टले बितेको जीवन मेरो, मौनतामा अल्झिरहेको एउटा जीवन, सुन चाँदी भन्दा महङ्गो यो ज्यानलार्इ लगायतका दर्जनौ
कालजयी गीत गाएका छन् । बिष्टलाइ नेपालमा पप गीतको सुरुवात गरेको श्रेय पनि जान्छ ।

प्रतिक्रिया दिनुहोस