२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालु आवको पाँच महिना : शोधनान्तर र चालु खाता घाटामा

अ+ अ-

काठमाडौं । चालु आवको पहिलो पाँच महिनामा अर्थतन्त्रका अधिकांश सूचकांक नकारात्मक भएका छन्। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थितिले अर्थतन्त्र थप संकटउन्मुख रहेको देखाएको छ।

पूर्वअर्थ सचिव डा।शान्तराज सुवेदी अहिलेका आर्थिक सूचांकले अर्थतन्त्र चुनौती उन्मुख भएको देखाएको बताए । उनले भने, ‘अहिले आत्तिनुपर्ने अवस्था भने छैन। यसका लागि अर्थतन्त्रको यो प्रवृत्तिलाई परिवर्तन गर्नु जरुरी छ। बाटो बिराउन थालेको अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउन ढिला भइसक्यो ।’

चालु आवको पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाहमा आएको शिथिलता र चुलिँदै गएको व्यापार घाटाका कारण देशको शोधनान्तर घाटामा गएको छ । चालु आवको मंसिर मसान्तसम्म नौ अर्ब २७ करोड रुपैयाँ शोधनान्तर घाटा छ ।

कात्तिकसम्म दुई अर्ब ४० करोड बचत रहेको देशको शोधनान्तर पाँचौं महिनामा घाटामा गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत आवको पहिलो पाँच महिनामा देश २८ अर्ब ७८ करोड शोधनान्तर बचतमा थियो । शोधनान्तर घाटाले देशको वाह्य अवस्था कमजोर छ भन्ने संकेत गर्छ ।

देशमा भित्रिनेभन्दा बाहिरिने रकम बढेपछि अघिल्लो महिना बचत रहेको शोधनान्तरस्थिति पाँचौं महिनामा घटेको हो । चालु आर्थिक वर्षका अघिल्ला दुई महिना ऋणात्मक रहेको शोधनान्तर असोजमा चार अर्ब २७ करोड रुपैयाँले बचत देखिएको थियो। कात्तिममा फेरि बचतको परिमाण घटेको छ ।

शोधनान्तर घाटमा जानुको अर्थ निक्षेप सिर्जना हुने स्रोत मै समस्या आयो भन्ने संकेत गर्छ। घाटाले निक्षेपको स्रोत र कर्जा प्रवाह प्रणालीमै लामो समय असर देखिने सम्भावनालाई अझ प्रवल बनाएको छ। साढे नौ अर्बको शोधनान्तर घाटा हुनु अहिले अवस्थामा सामान्य भएपछि यो बढ्दै गएमा भने चुनौतीको सामाना गर्नुपर्ने पूर्वअर्थ सचिव डा।सुवेदीले बताए। ‘रेमिट्यान्स घट्नु र आयात बढ्नु मुख्य चुनौती हो’, उनले भने, ‘यस्तै भयो भने विदेशी मुद्राको चाप बढ्दै जान्छ ।’

रेमिट्यान्सलाई बढाउन विदेशबाट नेपाल भित्रने रकम बैंकिङ माध्यमबाट ल्याउन सरकारले पहल गर्नुपर्छ’, उनले थपे, ‘अहिले शोधनान्तर अवस्थालाई बचतमा लैजाने अर्को उपाय भनेको विलासिताका वस्तु आयातलाई निरुत्साहित गर्नु हो । यस्तै अवस्था रहे सरकारले विलासिताका वस्तुमा थप कर लगाउनुपर्ने हुन्छ ।’

नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुका साथै उपयोग गर्ने बानी बसालेमा आयात घटाउन मद्दत पुग्ने उनको भनाइ छ । शोधनान्तर घाटा बढ्दै गए देशले ठूलो आर्थिक चुनौती खेप्नु पर्ने भए पनि हाल लक्षित राजस्व संकलन भएको र सरकारी खर्च बढ्दै गएको कारणले आत्तिनुपर्ने अवस्था भने छैन । मंसिरसम्म चालु खाता घटेर ४१ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १२ दशमलव आठ प्रतिशतले बढेर तीन खर्ब ९७ अर्ब ७९ करोड पुगेको छ । रेमिट्यान्स शून्य दशमलव आठ प्रतिशतले घटेर दुई खर्ब ८५ अर्ब ४८ करोड रुपैयाँमा सीमित रहेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेसँगै रेमिट्यान्स घटेको हो । गत वर्षकोे सोहीअवधिमा विप्रेषण ६ प्रतिशतले बढेको थियो ।

विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा शून्य दशमलव ६ प्रतिशतले वृद्धि भई १० खर्ब ८५ अर्ब ७४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले तथ्यांकले देखाएको छ। समीक्ष अवधिमा सरकारको चालु खाता समेत ४१ अर्ब ९५ करोड रुपैयाँले घाटामा छ । गत वर्षको यही अवधिमा यस्तो बचत तीन अर्ब ४९ करोड रुपैयाँ थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments