२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपन्नलाई उपचार सहायतामा पक्षपात

अ+ अ-

काठमाडौं । सरकारले विपन्न नागरिकलाई औषधि उपचार सहायता रकममा पनि पक्षपात गरेको छ । विपन्नलाई ‘कडा’ आठ र ‘ठूलाबडा’लाई १२ प्रकारका रोगमा सहायता रकम दिइएको छ । राज्यमा पहुँच भएका ठूलाबडालाई १२ प्रकारका ‘कडा’ रोगमा आर्थिक सहायता दिने वेला विपन्न नागरिकलाई पनि सोहीअनुसार दिने तयारी सरकारको थियो । तर, स्वास्थ्य मन्त्रालयमै फाइल हराएपछि त्यस्तो व्यवस्था नगरिएको मन्त्रालयको व्यवस्थापन महाशाखाले जनाएको छ ।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा विपन्न नागरिकलाई पनि १२ प्रकारका रोगमा उपचार सहायता दिन व्यवस्थापन महाशाखाले टिप्पणी उठाएर सचिवसमक्ष पठाएको थियो । एकैपटक विपन्न र राष्ट्रिय जीवनमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तिका लागि १२ प्रकारका रोगमा सहायता दिने भन्दै आवश्यक टिप्पणी पठाइएको महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले बताए । तर, २३ कात्तिक ०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले गरिब तथा विपन्न वर्गका नागरिकलाई छाडेर सम्पन्न अर्थात् विशिष्टलाई मात्रै दिने हिसाबले १२ प्रकारका रोगमा उपचार सहायता दिने निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले सम्पन्नलाई १२ र गरिबलाई आठ प्रकारका रोगमै सहायता रकम दिन पूर्वस्वास्थ्यमन्त्री गगन थापाको पालामा फाइल उठेको बताएको छ । ‘फाइल हराएको होइन । हामीले मन्त्रिपरिषद् बैठकमा लैजाने वेला पटकपटक अर्थ मन्त्रालयमा ताकेता गरेका हौँ । तर, विपन्नलाई दिन बजेट नपुग्ने भएपछि फाइल अगाडि नबढेको हो,’ मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले भने । एकैपटक पठाएको फाइलमा विपन्न नागरिकको विषयमा मन्त्रिपरिषद्ले निर्णय नगर्दा व्यवस्थापन महाशाखा नै अन्योलमा परेको छ । ‘दुवै फाइल एकैपटक पास हुनुपर्ने थियो, तर विपन्नको छाडेर राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूको स्वास्थ्य उपचारमा मात्रै निर्णय भएको छ,’ निर्देशक तिंकरीले भने ।

सरकारको यस्तो निर्णयको सरकारी तवरबाटै विरोध हुन थालेको छ । पैसा हुनेले राज्यबाट थप आर्थिक सहायता लिएर सेवा पाइरहेका छन् भने गरिब तथा विपन्न नागरिक उपचार सेवा पाउने आफ्नो नैसर्गिक अधिकारबाट समेत वञ्चित भएका छन् । उपसचिव लामिछानेका अनुसार स्वास्थ्य मन्त्रालयले एक लाख दिँदै आएको उपचार सहायता रकमलाई वृद्धि गरी दुई लाख रुपैयाँ पुर्‍याउने निर्णयमा अर्थ मन्त्रालय तगारो बन्दा विपन्न नागरिकले १२ प्रकारका कडा रोगमा सहायता नपाएका हुन् । स्वास्थ्य मन्त्रालयले अर्थसँग पुनः छलफल गरेर विपन्न नागरिकलाई पनि १२ किसिमका रोगमा औषधि उपचार सहायता रकम दिने उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments