‘चाँचरी’ ८ औं बर्ष प्रवेश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘चाँचरी’ ८ औं बर्ष प्रवेश


३ माघ २०७४, बुधबार


काठमाडौं । हिमालय टेलिभिजनबाट सञ्चालित कार्यक्रम ‘चाँचरी’ सातौं वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ ।

‘सुदूर तथा मध्य पश्चिमको मौलिक कला, साहित्य र संस्कृतिको संरक्षण तथा जगेर्ना हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित संचालित उक्त कार्यक्रम कलाकार तथा संचारकर्मी शंकरसिंह विष्टले संचालन गर्दै आएका छन् ।

यसै अवसरमा हिमालयन टेलिभिजनले एक विशेष समारोहका बीच केक काट्दै आठौं वर्षगाँठ भव्यताका साथ मनाएको हो ।

दुरसुदूर भित्रका सांगीतिक, धार्मिक र प्रम्परागत सांस्कृतिलाई बाहिर ल्याउने र विश्वसामु हाम्रो पहिचान फिजाउने बाटो बनेको छ ‘चाँचरी’ ।

प्रत्येक शुक्रबार दिउँसो १ बजे प्रशारण हुने सो कार्यक्रम बिष्टले संचालन गर्दै आएका छन् ।

सुदूरपश्चिम तथा मध्यपश्चिमको कला संस्कृति संरक्षण सम्बर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले शुरु गरिएको विष्टले बताए । उनले भने, ‘विषेश गरेर युवाहरूमा सो क्षेत्रको प्रचारप्रसारमा लाग्न जरुरीका साथै सम्बन्धित निकायहरूले विषेश चासो तथा पहल गर्नुपर्ने देखिन्छ । जसले भोलिका आउने नयाँ पिडिलाई प्राचीनकालदेखि चली आएको रितिरिवाज हाम्रो सम्पत्ति हस्तान्तरण गर्न टेवा पुग्नेछ ।’

यहाँसम्म आईपुग्दा विभिन्न अवधाका व्यक्तित्वको साथ सहयोग पाएको छु तर आर्थिकतबरले भने कुनै पनि निकायबाट साथसहयोग भएको भने छैन विष्टले भने ।

कार्यक्रममा टेलिभिजनका कार्यकारी निर्देशक च्याङ्ग अग्रवालले ‘चाँचरी’ सात बर्ष पुरा गरी आठौ बर्षमा प्रवेश गरेको अवसरमा केक काटेर शुभकामना दिएका थिए । कार्यक्रममा कार्यलयका सिओ, समाचार शाखा प्रमुख तथा कार्यलय कर्मचारीको उपस्थिति थियो ।

गायिका चादनि मल्लले कार्यक्रम संचालक बिष्टलाई कार्यक्रम निरन्तरताको शुभकामना दिइन् ।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस