मन्त्रिपरिषद बैठक दिउँँसो ३ बजे पुनः बस्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मन्त्रिपरिषद बैठक दिउँँसो ३ बजे पुनः बस्ने


३ माघ २०७४, बुधबार


काठमाडौं । बुधबार विहान बसेको मन्त्रिपरिषद बैठकमा राजनीतिक दलबीच प्रदेश प्रमुख सिफारिसमा सहमति हुन नसकेपछि बैठक स्थगित भएको छ ।

बैठकमा थप परामर्श गर्नुपर्ने सुझाव आएपछि आजै दिउँसो ३ बजे पुनः बैठक बस्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा नेपाली कांग्रेसका नेताहरु र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।

सरकारले प्रदेश प्रमुख नतोक्दा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन । यसकै कारण राष्ट्रियसभा निर्वाचनमा पनि ढिलाइ भइरहेको छ ।

निर्वाचन आयोगले माघ २४ गते राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्न माघ ७ देखि सुरु हुने गरी निर्वाचन कार्यक्रम ल्याइसकेको छ।

प्रतिक्रिया दिनुहोस