आज बस्न सकेन मन्त्रिपरिषद बैठक, भोलि ९ बजे बस्ने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

आज बस्न सकेन मन्त्रिपरिषद बैठक, भोलि ९ बजे बस्ने


२ माघ २०७४, मंगलबार


काठमाडौं । आज पधानमन्त्री निवास बालुवाटरमा बस्ने भनेको प्रमुख तीन दलको बैंठक नै बस्न सकेन । प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने विषयमा छलफलका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो साढे ४ बजे बोलाएको बैठक भोली (बुधवार) बिहान ९ बजे बस्ने गरी स्थगित गरिएको छ ।

मन्त्रिपरिषद बैठक बुधबार बिहानका बस्ने गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलसँग छलफल गर्ने तयारी गरेका छन् ।

प्रदेश प्रमुख नतोकिँदा प्रदेशको समानुपातिकको अन्तिम परीणाम समेत सार्वजनिक हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस