भूकम्पको दुई वर्ष वित्दा पनि पुनर्निर्माण महाअभियान थालिएकै बस्तीको बिजोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भूकम्पको दुई वर्ष वित्दा पनि पुनर्निर्माण महाअभियान थालिएकै बस्तीको बिजोग


२ माघ २०७४, मंगलबार


ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती बुङमतीस्थित ‘टोखा पिनी’ टोल प्रवेशद्वारको माथिपट्टि एउटा ठूलो ब्यानर टाँगिएको छ । एउटा ब्यानरमा ठूला अक्षरमा लेखिएको छ, ‘राष्ट्रिय पुनर्निर्माण महाअभियान शुभारम्भ ।’ दुई वर्ष अघिको माघ २ गते भूकम्प दिवसको अवसर पारेर भूकम्पपछिको पुननिर्माण कार्य सुरु गर्दा टाँगिएको ब्यानर हो, यो । त्यतिबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले यहीँबाट पुनर्निर्माण महाअभियान थालनी गरेका थिए ।

आफ्नै टोलमा आएर प्रधानमन्त्रीले गरेको वाचाले बुङमतिका भूकम्पप्रभावित मा छुट्टै खालको आशा सञ्चार भएको थियो । भूकम्पले घर र ऐतिहासिक महत्त्वका संरचना ढालेको करिब नौ महिनापछि भए पनि सरकार प्रमुखकै उपस्थितिमा गरिएको प्रतिबद्धताले उनीहरुको मुहारमा खुसी छाएको थियो । तर दुई वर्ष बित्दा पनि पुनर्निर्माण सुरु गरिएको गेटछेउमा भग्नावशेषमात्रै देखिन्छ । स्थानीय बासिन्दा तपतप शीत चुहिने टहरामा छन् । उनीहरु सरकारले बेवास्ता गरेकै कारण आफूहरुले दुस्ख पाएको गुनासो गर्छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस