२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मापसे चेकजाँचपछिको पाँच वर्षमा सवारी दुर्घटना २५% ले बढ्यो

अ+ अ-

काठमाडौं । उपत्यकाभित्र ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) गरी सवारीसाधन चलाउनेविरुद्धको कारबाही कडा गरे पनि सवारी दुर्घटना घटेको छैन । दुर्घटनामा मृत्यु हुनेको संख्या पनि झन्–झन् बढेको छ । मापसे कारबाही सुरु गर्नुभन्दा अघिका पाँच वर्षको तुलनामा सुरु गरेपछिका पाँच वर्षमा दुर्घटना र मृत्युदर दुवै बढेको छ । दुर्घटना २५ र मृत्युदर ७ प्रतिशतले बढेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार मापसे कारबाही सुरु हुनुभन्दा अघिल्लो पाँच वर्षमा काठमाडौं उपत्यकाभित्र १९ हजार ९० दुर्घटना भएका थिए । जसमा सात सय २२ ले ज्यान गुमाए । मापसे कारबाही सुरु गरेपछिको पाँच वर्षमा उपत्यकाभित्र २५ हजार ६ सय ३९ सवारी दुर्घटना भए । जसमा ७७१ ले ज्यान गुमाएका छन् ।

अघिल्लो पाँच वर्षको तुलनामा मापसेविरुद्ध कारबाही सुरु गरेयता ६५ सय ४९ धेरै सवारी दुर्घटना भएका छन् । मृत्यु हुनेको संख्या पनि अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा ४९ ले बढेको छ ।

ट्राफिक महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले मापसे कारबाही कडाइ नगरेको भए दुर्घटना र मृत्यु हुनेको संख्या अझ बढ्ने दाबी गरे । ‘तथ्यांक विश्लेषण गर्दा सवारी दुर्घटना र मृत्यु हुनेको संख्या बढेको देखिन्छ । सवारीसाधन बढेकाले यस्तो भएको हो,’ उनले भने, ‘विगतमा उपत्यकाभित्र एक ठाउँबाट मात्रै लाइसेन्स लिने चलन थियो । अहिले, चार ठाउँबाट लाइसेन्स लिइन्छ । यसले सवारीसाधनमा सर्वसाधारणको पहुँच बढेको संकेत गर्छ ।’ सवारीसाधन वृद्धिले सीधा असर सडकमा पर्ने उनको भनाइ छ । सडकको अवस्था बिग्रनु र ट्राफिक सिग्नल ठीक नहुनु दुर्घटना बढ्नुको कारण मुख्य कारण रहेको रञ्जितकारले बताए ।

महाशाखा प्रमुख डिआइजी सर्वेन्द्र खनालले पछिल्ला दिनमा सवारी दुर्घटना बढेको स्वीकार गरे । सवारीसाधनको बढ्दो संख्या र सडकको नाजुक अवस्थाका कारण सवारी दुर्घटना बढेको उनले बताए । ‘तथ्यांक विश्लेषण गर्दा सवारी दुर्घटना केही बढेको देखिन्छ । यसका पछि सवारीसाधनको संख्या वृद्धि हुनु र सडकको नाजुक अवस्था हुुनु पनि हो । कतिपय सडक मापदण्डविपरीतका छन् । ट्राफिक लाइटको प्रबन्ध छैन,’ खनालले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments