प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको अन्तिम तयारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको अन्तिम तयारी


२ माघ २०७४, मंगलबार


काठमाडौं । सरकारले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने अन्तिम तयारी गरेको छ । मंगलबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राजनीतिक संलग्नता नभएका, पूर्वन्यायाधीश, पूर्वप्रशासक, सामाजिक प्रतिष्ठा भएका व्यक्तिहरूलाई प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले प्रदेश प्रमुख र कार्यालय सञ्चालनका लागि अस्थायी कार्यालय तोक्न आवश्यक तयारी पूरा भएको बताए । ‘प्रदेश प्रमुख र प्रदेश कार्य सञ्चालनका लागि अस्थायी कार्यालय घोषणाको आवश्यक तयारी पूरा भएको छ,’ देउवाले नयाँ पत्रिकासँग भने, ‘सम्भवतः भोलि ९मंगलबार० बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी कार्यालय तोक्छ ।’

मन्त्रिपरिषद्को बैठक मंगलबार बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रीहरूलाई खबर गरिएको थियो । तर, एमाले र माओवादी केन्द्रसँग थप परामर्श गरेर प्रमुख र शपथ खाने कार्यालय तोक्ने भएपछि अपराह्न साढे ४ बजे बालुवाटारमा बैठक बस्ने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस