२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोट महामारी : मरेपछि ‘भर्बल अटोप्सी’ !

अ+ अ-

काठमाडौं । ज्यान गुमाएको डेढ महिनापछि जाजरकोटको जुनिचाँदे गाउँपालिकाका शिशु र वृद्धवृद्धा के कारणले मृत्यु भएको यकिन गर्न भर्बल अटोप्सी गर्न थालिएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्य भन्छन्, ‘मृत्यु भएकाहरूलाई जलाइसकेकाले के रोगले मरे भन्ने पुष्टिसहित मृत्युको सम्भावित कारण पत्ता पाउन भर्बल अटोप्सी (मौखिक रूपमा नातेदारसँग सोधपुछ) गर्छौं । लक्षणसहित सबै तथ्य लिएपछि के कारणले मरेको हो पत्ता लगाउन सकिएला भन्ने आशा छ ।’ सातदिने शिशुदेखि वृद्धले ज्यान गुमाएको डेढ महिनापछि थाहा पाएको सरकारले मरेका व्यक्ति कुन रोगले मरे भन्ने पत्ता लगाउन ‘भर्बल अटोप्सी’ (आफन्त र नातेदारसँग सोधपुछ गरेर पत्ता लगाउने तरिका) अपनाएको हो ।

जन्मिएको १० दिनमै जुनिचाँदे गाउँपालिका–२ का मनोज तिरुवाल र रमेश शाहीले ज्यान गुमाए । २५ दिनका धीरेन्द्र शाहीको पनि अल्पायुमै ज्यान गयो । सोही वडाका अढाई महिनाका रेवना नाथको पनि मृत्यु भयो । पुस १२ गतेदेखि प्रकोप फैलिएको हो

न्वारान नै नगरी सात दिनमै छोरालाई गुमाए खड्गबहादुर शाहीले । उनका छोराको हाइपोथर्मिया (जाडोले हुने कम्पन) बाट निधन भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जुनिचाँदे गाउँपालिका-३ का एकमहिने खड्ग परियार बिते । त्यस्तै, ७० वर्षकी आइती तिरुवाले पनि ज्यान गुमाइन् । ७९ वर्षीय शत्रुप शाहीले पनि ज्यान गुमाए । ५४ वर्षीय कर्सिङ टमटाको ज्यान गयो । पुस १९ गते बितेकी ५५ वर्षीया धनसरा नाथमा मात्र रुघाखोकीको लक्षण देखियो । ‘एक जनामा मात्र रुघाखोकीको लक्षण देखिएकाले भाइरल इन्फ्लुएन्जा हो कि भन्ने आशंका छ’, विभागका निर्देशक डा. आचार्य भन्छन्, ‘कोही निमोनिया त कोहीमा मुटु र स्नायु प्रणालीमा समस्या भएको पाइएको छ । वृद्धवृद्धामा दम र मुटुको समस्या देखिएको छ ।’

पुस ८ पछि नवजात शिशु मृत्यु हुने क्रम बढ्न थालेको हो । हालसम्म जुनिचाँदेका वडा नं १, २, ३ र ११ मा फैलिएको भाइरल ज्वरोबाट पाँच वर्षमुनिका सात जना र ५० वर्ष माथिका ६ जना गरी १३ जनाको मृत्यु भएको छ भने झन्डै २ हजार बिरामी परेका छन् । तीमध्ये पाँच जनाको रगत परीक्षण गर्दा १ जनामा भाइरल इन्फ्लुएन्जा टाइप ए एचथ्रिएनटु भाइरस फेला परेको थियो ।

राज्यले नागरिकप्रतिको दायित्व निर्वाह गर्न सकेको छैन । संवैधानिक दायित्व पूरा गर्नबाट राज्य अक्षम भयो । डा. शरद वन्त, चिकित्सा शास्त्र अध्ययन संस्थान, समुदाय चिकित्सा तथा जनस्वास्थ्य विभाग रोग प्रभावित क्षेत्रमा शनिबार गएको सरकारी टोलीले दुई बाकस औषधि उपलब्ध गराएको छ । रेडक्रससँग समन्वय गरी दुई सय थान कम्बल वितरण गरिएको डा. आचार्यले जानकारी दिए ।उनले भने, ‘जाजरकोटको ज्वरो पनि भाइरल । न्युज पनि भाइरल भयो । अखबारबाट थाहा पाएपछि थप क्षति हुन नदिन चिकित्सक र औषधिको पर्याप्त व्यवस्था गरेका छौं ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments