२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभामा को–को दाबेदार ?

अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न सकिने प्रारम्भिक आकलन गरेको छ । एमाले र माओवादीले सातवटै प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्यको मतभारका आधारमा जित्ने सिटको प्रारम्भिक आकलन गर्दै त्यसअनुसार तालमेल गर्ने गरी छलफल अघि बढाएका छन् ।

दुई पार्टीको कार्यदलको आइतबार बसेको बैठकले मतभार खेर नजाने गरी तालमेल गर्न दुवै दलले साना दलसँग समेत आन्तरिक छलफल गर्ने समझदारी गरेको छ ।

‘स्थानीय तह र प्रदेश सभाको निर्वाचन परिणाम हेर्दा दुवै दलले पाएको सिट संख्यामा फरक–फरक प्रदेशमा बेग्ला–बेग्लै ट्रेन्ड देखिन्छ,’ छलफलपछि माओवादी नेता वर्षमान पुनले भने, ‘प्रदेश १ र ३ मा एमालेको बहुमत छ, २ बाहेक अरू प्रदेशमा वाम गठबन्धनको बहुमत रहेकाले फरक–फरक मापदण्डअनुसार सिट बाँडफाँड टुंग्याउनुपर्ने देखिएको छ, त्यसैले साना दलहरूसँग समेत छलफल गरेर ३ माघमा अन्तिम टुंगो गर्ने समझदारी भएको छ ।’

कार्यदलको बैठकमा निर्वाचन आयोगको अन्तिम मत परिणामको तथ्यांकलाई आधार मानेर तयार पारिएको सिट र मत परिणाम विवरणअनुसारको मतभारको अवस्थाबारे सामान्य छलफल भएको नेताहरूको भनाइ छ । बैठकमा माओवादीबाट संयोजक रामबहादुर थापा बादलले मतभारका आधारमा सिट बाँडफाँड हुने भएकाले आवश्यक गृहकार्यपछि अर्को बैठकमा टुंग्याउन सकिने प्रस्ताव राखेका थिए ।

एमालेका आकांक्षी
प्रदेश १ : अग्नि खरेल, जगन्नाथ खतिवडा, रेवती भण्डारी, हरिशरण सिवाकोटी, कालुराम खम्बू, देवेन्द्र दाहाल, तिलकुमार मेयाङ्बो, गुरु बराल, ओम कोइराला, दीपक कार्की, उमेश डाँगी, लक्ष्मीनारायण चौधरी, मणिराज राई, कर्ण घले, अगम बान्तवा, विशेश्वरा दाहाल, टुन्जा बराइली, रामलाल शाह, गंगा डाँगी, गोपाल गुरागाईं
प्रदेश २ : सुमन प्याकुरेल, सुधीर साह, भोला घिमिरे
प्रदेश ३ : प्रदीप नेपाल, बेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल, काशीनाथ अधिकारी, आनन्दप्रसाद पोखरेल, डा। गंगालाल तुलाधर, देवशंकर पौडेल, शिवप्रसाद भण्डारी, बालकृष्ण सिवाकोटी, देवी ज्ञवाली, शान्ति अधिकारी, सावित्रा भुसाल, सुशीला नेपाल, पार्वती रावल, जगन्नाथ आचार्य, मेघनाथ पौडेल, राजेन्द्र राजथला, प्रेम पराजुली, बाबुरत्न पोडे, सीताराम मास्के, बालकृष्ण गिरी,

माओवादीका आकांक्षी
प्रदेश १ : हेमराज भण्डारी, सावित्रीकुमार काफ्ले, बाबुराम गौतम र टंक राई
प्रदेश ३ : रामबहादुर थापा बादल, अमिक शेरचन, गंगाबहादुर कार्की, देवी खड्का, कृष्णप्रसाद सापकोटा र विमला सुवेदी
प्रदेश ४ : दीनानाथ शर्मा, रामराज रेग्मी, कोमल बराल, बलावती शर्मा
प्रदेश ५ : कुवेर ओली, विष्णु चौधरी, मानबहादुर बुढा, दलजित श्रीपाइली, मेघबहादुर श्रेष्ठ, चन्द्रबहादुर खड्का, जोखबहादुर महरा, सुरेन्द्र घर्ती, सीता आचार्य
प्रदेश ६ : मंगल शाही, मायाप्रसाद शर्मा, उर्मिला विक, टीका बुढाथोकी, डा। केबी रोकाय
प्रदेश ७ : हरि चौधरी, रमा ढकाल, सहदेव बोगटी, विनिता नेपाली, पदम जोशी, कौशिल्य ओझा

कांग्रेसका आकांक्षी
प्रदेश १ : केबी गुरुङ, गुरु घिमिरे, सरिता प्रसाईं, केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ, दीपकप्रकाश बास्कोटा, बद्रीनारायण चौधरी, दिपन श्रेष्ठ, नरेश श्रेष्ठ, विनोद बस्नेत
प्रदेश २ : कल्याण गुरुङ, रामकुमार चौधरी, मोहमद महताब आलम, शोभाकर पराजुली, अजय चौरसिया, अमिय यादव
प्रदेश ३ : मनमोहन भट्टराई, कृष्णा अमात्य, तीर्थ पसखल, बालचन्द्र शर्मा, विकास लामा, दुर्लभ थापा, ओमकारप्रसाद श्रेष्ठ, विष्णुदेवी पुडासैनी, धना खतिवडा
प्रदेश ४ : तारानाथ रानाभाट, रामचन्द्र पोखरेल, कमला पन्त, धनराज गुरुङ, सुरेन्द्र पाण्डे, तुल्सीनारायण श्रेष्ठ, खगेन्द्र रेग्मी
प्रदेश ५ : बलदेव शर्मा मजगैयाँ, योगेन्द्र चौधरी, निरञ्जन श्रेष्ठ, महेन्द्र शर्मा, कृष्ण कार्की, किरण कोइराला
प्रदेश ६ : गोविन्द मल्ल, रवीन्द्र श्रेष्ठ
प्रदेश ७ : बद्री पाण्डे, प्यारेलाल राना, शिवराज भट्ट

राजपा र फोरमका को–को आकांक्षी ?
राजपा र संघीय समाजवादी फोरमले प्रदेश २ मा तालेमल गर्दा चार सदस्य निर्वाचित गराउन सक्ने सम्भावना छ । राजपामा आकांक्षी धेरै देखिएका छन् । बृजेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ल, राजीव झा, अशोक यादव, रम्भादेवीलगायतको नाम चर्चामा छ ।

फोरम पनि उम्मेदवार छनोटमा जुटेको छ । तर, अहिलेसम्म नाम टुंगो लगाएको छैन । श्रवण अग्रवाल, हरिनारायण यादव, सीमा सिंह, उर्मिला साह, कृष्णकुमार सिंहलगायतका नेता आकांक्षी छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments