२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पराजुलीले राजीनामा नदिए फेरि अनशन बस्ने डा. केसीको चेतावनी

अ+ अ-

काठमाडौं । प्रा.डा. गोविन्द केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा नदिए पुनः अनशन बस्ने चेतावनी दिएका छन् । सरकारसँग भएको पाँचबुँदे सहमतिपछि छैटौँ दिन अनशन तोडेका केसीले पराजुलीले राजीनामा नदिए फेरि अनशन बस्ने चेतावनी दिएका हुन् ।

शुक्रबार मध्यरातमा सरकारसँग पाँचबुँदे सहमति भएपछि केसीले शनिबार ‘केही समयका लागि’ भन्दै अनशन तोडेका हुन् । उनले शिक्षण अस्पतालअगाडि जुत्ता सिलाएर बस्ने सिरहा सखुवानान्कारकट्टी गाउँपालिकाका ४५ वर्षीय नथुनिया मोचीको हातबाट मह र पानी पिएर अनशन तोडे । ‘जबसम्म देशमा भ्रष्टाचार रोकिँदैन, तबसम्म मेरो अनशन यथावत् रहनेछ,’ केसीले भने, ‘चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डिनमा प्रा।डा। जगदीशप्रसाद अग्रवाललाई पुनर्बहालीका लागि प्रधानमन्त्रीले पहल गर्ने र प्रधानन्यायाधीशबारे सर्वोच्च अदालतले नै छानबिन थालेपछि मैले अनशन तत्कालका लागि तोडेको हुँ ।’ प्रधानन्यायाधीश पराजुलीले तत्काल पदबाट हटेर छानबिनलाई निष्पक्ष बनाउनुपर्ने उनको भनाइ थियो ।

चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि फौजदारी कारबाही हुनुपर्ने बताए । ‘सर्वोच्च अदालतले दिएको निर्देशनविरुद्ध पराजुलीले प्रमाणपत्र बुझाउँदिनँ भन्दै हिँडिरहेका छन्,’ केसीले भने, ‘यस्ता व्यक्तिलाई पक्राउ गरेर जेल हाल्नुपर्छ । पराजुलीले सर्वोच्चको आदेश पालना नगरेमा फेरि सत्याग्रह सुरु गर्नेछु ।’ भ्रष्ट र अपराधी सर्वोच्चमा रहने, सत्याग्रही जेलमा जाने ? कस्तो नियम भन्दै केसीले प्रश्नसमेत गरे । उनले आइओएमको डिनमा अग्रवालको विकल्प अरू हुनै नसक्ने बताए । ‘अहिले डिन अर्कै व्यक्ति बनाउने खेल भइरहेको छ,’ केसीले भने, ‘अग्रवालले बाँकी तीन वर्षको कार्यकाल सम्हाल्नेछन्, त्यसमा चलखेल भए परिणाम राम्रो हुनेछैन ।’

केसीले देशमा लुटतन्त्र मच्चाउनेविरुद्ध लड्न आफूले कहिल्यै नछाड्ने बताए । ‘मैले सत्याग्रह सुरु गरेको तीन मिनेटमा मलाई प्रहरीले पक्राउ गर्‍यो,’ केसीले भने, ‘फौजदारी मुद्दा लगाउँदैमा डराउँदिनँ । मलाई एक वर्ष होइन, पाँच वर्ष जेल हाल्दा पनि हुन्छ ।’ चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधारको पक्षमा मर्न तयार भएर लडेको व्यक्ति जेल बस्नबाट पछि नहट्ने उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments