२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शीतलहरको कहरः बाढीको घाउमा शीतलहरको नुनचुक

अ+ अ-

भेडिया । सप्तरीको तिरहुत गाउँपालिकाअन्तर्गत पर्ने मैनाकडेरीस्थित जर्जर चन्द्र नहरको डिलमा एउटा सानो झुप्रो छ । त्यहींभित्र चारवटा गाईबस्तु, आधादर्जन खसीबाख्रा र परेवासँगै वृद्ध विरक्ष मलाह र उनकी पत्नी असार यता बस्दै आएका छन् । असारमै आएको बाढीले घरवार बगाएपछि वृद्ध दम्पती चन्द्र नहरको डिलमा पुगेका हुन् । उनीहरुले सात महिनायता त्यही झुप्रोमा जसोतसो जिवन निर्वाह गर्दै आएका छन्।

विरक्षका दुईटा घर, भान्छा, गाईगोठ सबै बाढीले बगाइदियो । उनको परिवार लामो समयदेखि गाउँकै ऐलानी जग्गामा घर बनाएर बसोबास गर्दै आएको थियो । छोराहरुले कमाउन थालेपछि चार वर्षअघि एक कट्ठा नम्बरी जग्गा खरिद गरेर जसोतसो घर बनाएको विरक्षले बताए । ‘दुई पैसा जोगाएर जसोतसो जग्गा किनेर आफ्नो घर बनाएँ, त्यो पनि बाढीले बगायो’, उनले भने, ‘पछिल्लो सात महिनादेखि झुप्रोमा दिन काट्नुपरेको छ ।’

विरक्षकको झुप्रोछेउकै अर्को झुप्रोमा जिवछ मुखिया (मलाह) को परिवार बस्दै आएको छ । ६५ वर्षीय जिवछ पत्नी दुलरीदेवी, बुहारी र दुई नातिनातिनीका साथ असारयता सोही झुप्रोमा बसोवास गर्दै आएका छन् । पछिल्लो बाढीले जिवछको घर बगाएसँगै १६ कट्ठा खेतीयोग्य जग्गा कटान गरेको थियो ।

भारतमा मजदुरी गर्ने एक्लो छोराको भरमा दुई छाक टार्न धौधौ भएपछि त्यही सानो झुप्रोभित्रै उनले चियापसलसमेत सञ्चालन गर्दै आएका छन् । ‘बिहानबेलुका चिया बेच्छु, दैनिक दुईतीन सयजति कमाइ हुन्छ’, जिवछकी पत्नी दुलरीले भनिन्, ‘नानाथरीका दुःखपीडा सहेर जसोतसो जीवन निर्वाह भइरहेको छ ।’

पछिल्लो १० दिन यता ह्वात्तै बढेको चिसो र शीतलहरका बीच झुप्रोमा ज्यान जोगाउनु निकै चुनौतिपुर्ण भएको ७० वर्षीय विरक्ष बताउँछन् । ‘अब त यो जीवन नै पहाडजस्तो लाग्न थाल्यो’, उनले भने, ‘बरु बाढीमै डुबेर मरिगए हुन्थ्यो, कम्तीमा यस्तो पीडा त खप्नुपर्ने थिएन ।’ उनका दुई छोरा छुट्टै बस्दै आएका छन् । उनीहरुको पनि आर्थिक अवस्था दयनीय नै रहेको विरक्ष बताउँछन् । ‘उनीहरु (छोरा) लाई पनि के भन्नु, आफ्नै पेट भर्न धौधौ छ, हामी बुढाबुढीलाई के हेर्नु ?’ प्रश्न गर्दै उनी भन्छन्, ‘बुढीले परेवा र खसीबाख्रा पालेकी छिन् । त्यसैबाट हुने थोरबहुत आम्दानीले दुईछाक टार्ने काम भइरहेको छ ।’

जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार पछिल्लो बाढीले तिरहुत गाउँपालिकाका १ सय ३० कच्ची घर पूरै नष्ट बनाएको थियो । यहाँका झन्डै एक हजार परिवारका २ हजार ६ सय ७७ घरमा बाढीले केही न केही क्षति पुर्‍याएको तथ्यांक छ । एक सयभन्दा बढी परिवार विस्थापित भएका थिए । तीमध्ये धेरैजसोले आवासको व्यवस्था मिलाए पनि जीवनभोगाइ भने पीडादायी नै भएको तिरहुत गाउँपालिका २ का वडाध्यक्ष जयप्रकाश यादव वताउँछन् । ‘बाढीबाट विस्थापित जसोतसो घर त फर्किए तर उनीहरुको जीवन अझै सामान्य हुन सकेको छैन’, यादवले भने, ‘यहाँका विपन्न बाढीपीडितको घरमा न त खाद्यान्न छ, न लत्ताकपडा नै । चिसो र शीतलहरले उनीहरुको झनै बिजोग भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments