सरकार र डा. केसी बीच पाँच बुँदे सहमति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकार र डा. केसी बीच पाँच बुँदे सहमति


२९ पुस २०७४, शनिबार


काठमाडौंं । सरकार र प्रा. डा. गोविन्द केसीबीच शुक्रबार राति ११ बजे सहमति भएको छ । नेपाल सरकारका स्वास्थ्य मन्त्री दीपक बोहरा र केसीले ५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

केसीको अनसन भने आज तोडिने छ ।

केसी र सरकारबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान ९आइओएम० को डीनमा प्रा. डा. जगदीशप्रसाद अग्रगाललाई नै निरन्तरता दिने उल्लेख छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने बुँदासमेत सहमति पत्रमा छ । सहमतिको चौथो बुँदामा त्रिवि शिक्षण अस्पतालको सेवा र गुणस्तर बृद्धि गर्ने उल्लेख छ भने पाँचौमा केसीले अनसन कार्यक्रम अन्त गर्ने उल्लेख छ ।

केसीको प्रमुख मागमध्ये प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा एक भए पनि यो विषय भने सहमतिपत्रमा उल्लेख गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस