गजल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गजल


२९ पुस २०७४, शनिबार


जसलाई गर्नुपथ्र्यो मानहानी गरेकै हुँ ।।
नबुझेर हैन है ! जानीजानी गरेकै हुँ ।।

के पो गरिन निमुखाका खातिर देशमा ।
नाङ्गो खुट्टा र सातु–पानी गरेकै हुँ ।।
निस्कलंक हाँडीलाई किन दलुँ मोसो ।
कलंकित चेहडा छानीछानी गरेकै हुँ ।।

आमाकै अस्मितामा धावा बोल्थे, चुटेँ ।
भन्छन् भने भनुन्, ‘बेइमानी’ गरेकै हुँ ।।

हो, किन पो गर्थें र त्यसै मरिहत्ते आज ।
भोलिका पुस्तालाई आमदानी गरेकै हुँ ।।

नाङ्गा आँखाले देख्दो हो के पो गर्दैछ यो ।
कालो चस्माले भनोस् ‘मनोमानी’ गरेकै हुँ ।

प्रतिक्रिया दिनुहोस