२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिउँदको गीत

अ+ अ-

हावाका भित्ताहरूमा
चिसो बिज्ञापन टाँसेर
भर्खरै गएको छ एउटा बालक ।

यसबेला ओसिएको छ जीवनको किताब
डायरीमा शीर्षक मात्र टिपेर
थन्क्याएको छ कविले कविता
घुम ओढेर बसेका असारका खेताला जस्तै
हिउँ र तुसारोको घरभित्र छन् लेकमा गुराँसहरू
अटेरी भएर बसेको छ मधेसमा हुस्सु
लोसे पाराले आउँछ आउँदा
र बिस्तारै सुम्सुम्याउँदै
शरीरभरि टेकेर जान्छ
भुइँ कुहिरोले मलाई ।

निदाउरो छ दिन
चिर निन्द्राबाट जुरुक्क उठेको छ जाडो
गर्हुगा छन् फूलका पत्रहरू
निश्चित अवधिका लागि
बसाइँ सर्दै छन् हिमाली घामहरू
पुरानो कन्तुर खोलेर झिक्दै छिन् हजुरआमा
पोहोर साल थन्क्याएका जाडाका ओखतीहरू
आफ्नै अनुहारको फोटोकपी जस्तै
खुम्चिएका छन् हजुरबाका कोट र गलबन्दी
खडेरीको बेँसी खेत जस्तै
चर्किएका छन् हत्केला पैलाला र कुर्कुचा ।

जीवनलाई सहजै सहने यी केटाकेटीहरू
अलिकति फुर्सद भयो कि
आँखा छलेर निस्किहालछन्
उत्ताउलो सिरेटोसँग जिस्कन ।

हावाका आँगनतिर फर्किएका छन्
जीवनका झ्यालहरू
झनै कोलाहल छ बाहिर
यो बाक्लो उपस्थितिलाई के भनौँ ?
बजार कि सम्मेलन ?
गोष्टि कि सेमिनार ?
जहाँ न कसैलाई छुट छ
न आरक्षण ।

ठ्याक्कै यही सिजनमा
बर्सौँदेखि उस्तै रूप र
पराजित अनुहार लिएर
केही जित्नका लागि
न्यायको अँगेना वारिपारी
धर्ना दिइरहे छौँ हामी
तर, कहिल्यै साटिएन सपनाको रङ्ग ।

बर्सौँ पछि यस्तो लाग्न थालेको छ–
यसरी न्यायको आगो ताप्ने निहुँमा
दाउरा थप्दैछौँ कि,
आफ्नै अनाम आयु थप्दै छौँ हामी ?

0 Comments