२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाइन्जूलाई श्रीलंकामा नागरिक वीरता स्वर्ण पदक

अ+ अ-

काठमाडौं । नेपाली नागरिक लक्ष्मीसुन्दर गाइन्जू श्रीलंकामा ‘नागरिक वीरता स्वर्ण पदक’द्वारा सम्मानित भएका छन् ।

गाइन्जूलाई श्रीलंकाको राजधानी कोलम्बोमा बुधबार आयोजित विशेष समारोहमा त्यहाँका सभामुख करु जयसूर्याले सम्मान गरेका हुन् । सो सम्मान पाउने गाईन्जू पहिलो नेपाली नागरिक हुन् ।

नेपालमा वि.सं. २०७२ वैशाख १२ गते गएको भूकम्पमा आफ्नो ज्यानको परवाह नगरी सर्वसाधारणको उद्धार गरे बापत गाइन्जूलाई सो पदकद्वारा सम्मानित गरिएको हो । गाईन्जूले उक्त दिन भक्तपुरको जेँला टोलमा भूकम्पले घर भत्किएर च्यापिएका आठ परिवारका २१ जनाको जीवितै उद्धार गरेका थिए । उनी भूकम्पपछि निरन्तर पीडितको सेवामा खटिँदै आएका छन् ।

“गाइन्जूको काम साँच्चै नै प्रशंसनीय छ र त्यो अरुलाई पनि उत्प्रेरित गर्ने उदाहरण बनोस् भनेर पदक प्रदान गर्न पाउँदा आफूलाई ठूलो सन्तोष मिलेको छ,” सभामूख जयसूर्याले भने ।

उक्त कार्यक्रममा मनोनयनकर्ताका तर्फबाट विशेष रुपमा आमन्त्रित डा. दिनेशराज भुजुले नेपालमा आएको भूकम्प र त्यतिखेर स्वयंसेवी युवाले पूर्याएको थुप्रै उदाहरण भएको बताए । “गाइन्जू ती असल र हिम्मति युवाहरुको प्रतिनिधि पात्र हुन्,” उनले भने ।

विश्वका विभिन्न देशमा बेला–बखतमा प्राकृतिक बिपद्हरु आइरहने र त्यस्तो अवस्थामा स्वयंसेवाको भावनाले उत्प्रेरित भएर ज्यान बचाउन लागिपर्ने असल नागरिकको सम्मान गर्ने परम्परा बसाउन बिगत पाँच वर्षदेखि सो पुरस्कार प्रदान गरिँदै आएको नागरिक वीरता संस्थाका संस्थापक अध्यक्ष कसुन चन्द्ररत्नेले बताए । यसअघि उक्त पदकबाट माल्दिभ्स र पाकिस्तानका नागरिकलाई सम्मान गरिएको थियो ।

“भूकम्पको बेला पीडितको उद्धार गर्न जाँदा मैले यस्तो पदकबाट विभूषित हुनेछु भनेर कहिले आश गरेको थिइनँ, त्यस्तो विचारले काम गरेको पनि होइन । त्यतिबेला मनमा धेरै मानिसको ज्यान बचाउने सोच मात्र थियो,” सम्मानित भएपछि गाइन्जूले भने ।

सो अवसरमा सगरमाथाको सफल आरोहण गर्ने पहिलो श्रीलंकाली महिला जयन्ति कुरु–उतुम्पलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा श्रीलंकाका सांसद, श्रीलंकाका लागि नेपालका राजदूत, पूर्व मन्त्रीहरु, कलाकार, प्राध्यापकलगायतको उपस्थिति रहेको थियो ।

0 Comments