बञ्चरो प्रहार गरेर सौताको हत्या « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बञ्चरो प्रहार गरेर सौताको हत्या


२८ पुस २०७४, शुक्रबार


रुकुम । सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् ।

जिल्लाको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो प्रहार गरेर बुधबार साँझ हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ ।

बुधबार साँझ सामान्य विवाद हुँदा जेठी सौताको हत्या गरेको प्रहरीको भनाइ छ । हत्या गर्ने कल्पना चन्द अहिले फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

चन्दको खोजी र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विकको भनाइ छ । मृतक खत्रीका तीन छोरी र एक छोरा छन् । रासस

प्रतिक्रिया दिनुहोस