दाताको सहयोग सम्पन्नलाई नै बढी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दाताको सहयोग सम्पन्नलाई नै बढी


२८ पुस २०७४, शुक्रबार


काठमाडौं । दातृ निकायले मानव विकास सूचकांक (एचडिआई) सबैभन्दा उच्च भएको क्षेत्रमा नै बढी सहायता उपलब्ध गराएको पाइएको छ। आर्थिक वर्ष सन् २०१६/१७ मा दातृ निकाय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले नेपालमा गरेको खर्च समेटेर अर्थमन्त्रालयले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदन (डेभलपमेन्ट कोअपरेसन रिपोर्ट) मा एचडिआई सबैभन्दा उच्च भएको प्रदेश १ र ३ मा दातृ निकायले सबैभन्दा बढी खर्च गरेको देखिएको छ।

नेपालका ७ प्रदेशमध्ये प्रदेश १ को एचडिआई सबैभन्दा उच्च छ । त्यसपछि प्रदेश ३ आउँछ । प्रतिवेदनअनुसार प्रदेश १ र ३ को एचडिआई क्रमशः ०.५०७ र ०.५०६ छ । आर्थिक वर्ष २०१६/१७ मा दातृ निकायले प्रदेश नम्बर ३ मा सबैभन्दा बढी र त्यसपछि प्रदेश १ मा खर्च गरेका छन् ।

दातृ निकायले एक वर्षको अवधिमा प्रदेश नम्बर ३ मा ३५ करोड ४७ लाख ६७ हजार ६ सय ७ अमेरिकी डलर (करिब साढे ३५ अर्ब रुपैयाँ) र प्रदेश नम्बर १ मा ६ करोड ९६ लाख ८३ हजार ५ सय ४५ अमेरिकी डलर (करिब ६ अर्ब १७ करो रुपैयाँ) खर्चिएका छन् । यी प्रदेशमा रहेका राष्ट्रिय स्तरका परियोजनालाई दातृ निकायले उपलब्ध गराएको सहायता यसमा जोडिएको छैन । जिल्ला स्तरका परियोजनामा दातृ निकायले गरेको खर्चलाई मात्र यसमा जोडिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस