राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक


२७ पुस २०७४, बिहिबार


काठमाडौं । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बुधाबारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि माघ७ गते मतदाता नामावली प्रकाशित गर्ने कार्यक्रम छ । राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहअन्तर्गत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवम् नगरपालिका प्रमुख/उपप्रमुख गरी १५ सय ६ र प्रदेशसभाका ५५० सदस्य गरी कुल २ हजार ५६ जना मतदाता छन् । निर्वाचनमा प्रदेशसभाको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ तोकिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस