२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैनिक दुई अर्ब ६६ करोड व्यापार घाटा !

अ+ अ-

काठमाडौं । वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिना (साउन–मंसिर)को तथ्यांकले व्यापार घाटा उछालिएको देखाएको हो । गत वर्षको सोही अवधिमा दैनिक व्यापार घाटा दुई अर्ब ३४ करोड थियो ।

चालु आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा तीन खर्ब ९८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यही समयमा व्यापार घाटा तीन खर्ब ५१ अर्ब ६७ करोड थियो । मुलुकको निर्यातभन्दा आयात उच्च वृद्धि भएपछि व्यापारको खाडल बर्सेनि बढ्दै गइरहेको छ । यो वर्षभरि व्यापार घाटा १० खर्ब हाराहारीमा पुग्ने प्रारम्भिक तथ्यांकले देखाएको छ ।

पाँच महिनामा विभिन्न मुलुकबाट चार खर्ब ३२ अर्ब ४८ करोडको वस्तु नेपाल भित्रिएको छ । सोही अवधिमा नेपालबाट ३३ अर्ब ७२ करोडको वस्तु निर्यात भएको छ। गत वर्षको पाँच महिनामा तीन खर्ब ८२ अर्ब २७ करोडको वस्तु भित्रिएको थियो भने ३० अर्ब ६० करोडको वस्तु निर्यात भएको थियो । यो अवधिमा आयात ५० अर्बले वृद्धि हुँदा निर्यात तीन अर्बले मात्र बढेको विभागको तथ्यांकले देखाउँछ ।

विभागका अनुसार पाँच महिनामा चार खर्ब ६६ अर्ब २० करोडको कुल व्यापार (आयात–निर्यात) भएको छ। कुल व्यापारमा आयातको हिस्सा ९२।८ प्रतिशत र निर्यातको हिस्सा ७।२ प्रतिशत छ । गत वर्षको यही समयमा चार खर्ब १२ अर्ब ८८ करोडको व्यापार भएको थियो । बढ्दो रेमिट्यान्स आप्रवाहसँगै नेपालीमा किनेर खाने प्रवृत्ति विकास भएपछि आयात बर्सेनि उच्चदरमा वृद्धि भइरहेको छ ।

पाँच महिनाको अवधिमा ६१ अर्ब २० करोडको पेट्रोलियम पदार्थ भित्रिएको छ । यस्तै, ४३ अर्ब नौ करोडको फलाम तथा स्टिलजन्य वस्तु भित्रिएको छ । मेसिनरी तथा पार्टपुर्जा ४० अर्ब ९५ करोड, सवारीसाधन ३५ अर्ब ५८ करोड र इलेक्ट्रिक सामान २९ अर्ब ६६ करोडको भित्रिएको विभागले जनाएको छ ।

सोही अवधिमा तीन अर्ब ७१ करोडको चिया तथा कफी निर्यात भएको छ । हस्तकला तीन अर्ब १९ करोड, कार्पेट दुई अर्ब ९७ करोड, लत्ताकपडा दुई अर्ब ८४ करोड, फलाम तथा स्टिल एक अर्ब ९६ करोडको निर्यात भएको छ। नेपालबाट निर्यात हुने प्रमुख वस्तुकै अवस्था दयनीय छ ।

नेपालमा सबैभन्दा बढी भारतबाट दुई खर्ब ८२ अर्ब ४७ करोड रुपैयाँको वस्तु भित्रिएको छ । नेपालबाट १८ अर्ब १५ करोडको वस्तु भारततर्फ निर्यात भएको छ । पाँच महिनामा भारतसँगको व्यापार घाटा दुई खर्ब ६४ अर्ब ३१ करोड पुगेको छ। चीनबाट ५४ अर्ब, अर्जेन्टिनाबाट ५ अर्ब ७१ करोड, थाइल्यान्डबाट पाँच अर्ब नौ करोड, भियतनाम र साउदी अरेबियाबाट चार÷चार अर्ब मूल्यको वस्तु आयात गरिएको छ । नेपालबाट अर्ब रुपैयाँभन्दा बढीको वस्तु निर्यात हुने मुलुकमा भारतसहित चीन, अमेरिका, जर्मनी, टर्की, बेलायत प्रमुख मुलुक रहेका छन् ।

यो अवधिमा सबैभन्दा बढी वस्तु वीरगन्ज भन्सारबाट आयात भएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा बढी वस्तु निर्यात भएको छ । वीरगन्जबाट एक खर्ब ४५ अर्ब चार करोडको वस्तु आयात भएको छ । यो कुल आयातको ३३.५४ प्रतिशत हुन आउँछ । त्रिभुवन विमानस्थलबाट १० अर्बको वस्तु विभिन्न मुलुकमा पुगेको छ । यो कुल निर्यातको १७।५८ प्रतिशत हिस्सा हो ।

पाँच महिनामा भैरहवाबाट ८० अर्ब, त्रिभुवन विमानस्थलबाट ५५ अर्ब, विराटनगरबाट ५१ अर्ब, सुक्खा बन्दरगाहबाट ४६ अर्ब, नेपालगन्जबाट १६ अर्ब, मेची भन्सारबाट ११ अर्ब, कृष्णनगरबाट आठ अर्ब, कैलालीबाट ६ अर्ब, रसुवाबाट पाँच अर्ब, जलेश्वरबाट तीन अर्ब, सुनसरीबाट एक अर्बको वस्तु आयात भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments