२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान कार्यान्वयन गर्न अझै ५४ कानुन आवश्यक

अ+ अ-

काठमाडौं । संविधान कार्यान्वयन गर्न अझै ५४ वटा नयाँ ऐन आवश्यक पर्ने देखिएको छ । संविधानअनुसार ११० संघीय कानुन, २२ प्रदेश कानुन र ६ वटा स्थानीय कानुन बन्नुपर्ने कानुन मन्त्रालयको अध्ययनले देखाएको छ । संविधान जारीपछि रूपान्तरित व्यवस्थापिका संसद्ले ८४ वटा ऐन निर्माण गरिसकेकाले अब संघीय संसद्ले कम्तीमा पनि २६ वटा कानुन बनाउनुपर्ने मन्त्रालय स्रोतले जनाएको छ ।

प्रदेश प्रमुख नियुक्त नभएकाले निर्वाचन आयोगले प्रदेश सभा निर्वाचनको मतपरिणाम बुझाउन पाएको छैन । प्रदेश सभा सञ्चालन हुन बाँकी छ । प्रदेश सभाको अधिवेशन आह्वानपछि उसले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्न बनाउनुपर्ने २२ वटा कानुन निर्माणमा ढिलाइ हुने देखिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको अध्ययनअनुसार संविधान कार्यान्वयन गर्न कम्तीमा १३८ कानुन बनाउनुपर्छ । यसअघिको संसद्ले ८४ वटा कानुन बनाइसकेको छ ।

प्रदेश सभा सञ्चालनपछि बन्ने प्रदेश ऐनबमोजिम स्थानीय तहले कानुन बनाउनुपर्छ । कानुन मन्त्रालयको अध्ययनअनुसार स्थानीय तहले ६ वटा विषयमा कानुन बनाउनुपर्नेछ । प्रदेश सभा बस्न नसकेकाले निर्वाचन भएको आठ महिना पुगिसक्दासमेत स्थानीय तहले आफूलाई आवश्यक पर्ने कानुन बनाउन नसकेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments