डा. केसीको बयान सकिएन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. केसीको बयान सकिएन


२५ पुस २०७४, मंगलबार


काठमाडौं । प्रा. डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बयान नसकिएपछि मंगलबार बहस हुन सकेन । केसीको मुद्दाको सुनुवाई भोलि (बुधवार) सम्मलाई सारिएको छ ।

बुधवारका लागि मुद्दाको सुनुवाई सारिएसँगै डा। केसी आज पनि प्रहरी हिरासतमै रहनेछन् । सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई आज विहान ९ बजे नै अदालतमा उपस्थित गराइएको थियो ।

न्यायाधीशद्वय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।

अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार बेञ्च भोलिलाई सारिएको छ । डा. केसी आज मंगलबार पनि प्रहरी हिरासतमै रहनेछन् ।

प्रतिक्रिया दिनुहोस