डा. गोविन्द केसीको गिरफ्तारी कानुनको नाममा ज्यादतीः नारायणकाजी श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. गोविन्द केसीको गिरफ्तारी कानुनको नाममा ज्यादतीः नारायणकाजी श्रेष्ठ


२५ पुस २०७४, मंगलबार


काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले डा. गोविन्द केसीको गिरफ्तारी कानुनको नाममा गरिएको ज्यादती भएको बताएका छन् ।

श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन् – ‘डा. गोविन्द केसीको रातारात गिरफ्तारी कानुनको नाममा गरिएको ज्यादति हो । अदालतको मानहानिलाई सत्याग्रहीविरुद्ध हतियार बनाइनु नितान्त गलत छ । फेरि दोहोर्‍याएर भन्छु, अदालत ‘भगवान’ होइन । राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो । त्यसको पनि परिणाम हो यो । सम्बन्धित सबैले बुझुन् ।’

यस्तो छ, श्रेष्ठले गरेको ट्वीट

प्रतिक्रिया दिनुहोस