२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवासुविधा तोक्न जनप्रतिनिधिको मागः के हामी कुखुरापालन गरेर बस्ने ?

अ+ अ-

काठमाडौं । स्थानीय जनप्रतिनिधिले तलबभत्ता नपाउँदा दैनिक जीवन निर्वाह गर्न अप्ठ्यारो परेको गुनासो गरेका छन् । उनीहरुले आफूहरुको नियमित सेवा सुविधा नतोकेकोमा स्थानीय विकास मन्त्रालयसँग गुनासो गरेका छन् । दुई नम्बर प्रदेशबाहेक ६ वटा प्रदेशमा स्थानीय तहको निर्वाचन भएको ६ महिना नाघेको छ ।

स्थानीय जनप्रतिनिधिले पूर्णकालीन प्रतिनिधि (नगरप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्ष) का लागि नियमित सेवा सुविधा तोक्न स्थानीय विकास मन्त्रालयलाई आग्रह गरेका छन् । स्थानीयका कर्मचारी भने जनप्रतिनिधिको सेवा सुविधा तोक्ने अधिकार प्रदेशसभाको भएकाले आफूहरुले केही गर्न नसक्ने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले भने ‘हामीलाई तलबभत्ता नदिएर के हामीले कुखुरापालन गरेर बस्ने ?’ पूर्णकालीन स्थानीय जनप्रतिनिधिलाई नियमित तलबभत्ताको व्यवस्था नगर्ने हो भने जीविकोपार्जन गर्न धौधौ हुने उनको भनाइ छ । उनले भने ‘हामीलाई जीवन निर्वाह गर्न न्युनतम सेवासुविधा नदिने हो भने काम गर्न धौधौ पर्छ ।’

स्थानीय विकास मन्त्रालयले चार महिनाअघि मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्ष र वडासदस्यको तलब भत्ता तोकी विधेयक प्रस्ताव गरेको थियो । संविधानमा स्थानीय प्रतिनिधिको सेवासुविधा तोक्ने अधिकार प्रदेशसभाको भनी उल्लेख गरिएकाले विधेयक अघि बढ्न सकेन ।

स्थानीय विकास मन्त्रालयका सहसचिव तथा स्वायत्त शासन महाशाखा प्रमुख पुरुषोत्तम नेपालले स्थानीय जनप्रतिनिध नियमित सेवा सुविधा माग गर्दै मन्त्रालयमा गुनासो गर्न आइरहेको बताए। आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments