डा.गोबिन्द केसी पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

डा.गोबिन्द केसी पक्राउ


प्रशासन विशेष ब्युरो

२४ पुस २०७४, सोमबार


काठमाडौँ — डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट गएको टोलीले केसीलाई पक्राउ गरेको हो ।

प्रधान न्यायाधीशको राजिनामा मागेर अनशनमा बसेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले पक्रन पत्र काटे लगत्तै प्रहरीले अनसनस्थलबाटै पक्राउ गरेको हो।

प्रहरीले केसीलाई पक्राउ गरेको जनाएको छ । प्रहरी स्रोतका अनुशार केसीलाई अनसन बसेकै स्थलबाट पक्राउ गरी सिंहदरबारमा राखिएको र भोली ९ बजे अदालत उपस्थित गराइने जनाएको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले ‘अदालतको अवहेलना’ मुद्दामा ‘केसीलाई पक्राउ गरी अदालतमा हाजिर हुन उपस्थित गराउनु’ भनी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश दिएको थियो।

 

र यो पनि,

डा. केसीले थाले १४ औं पटक अनशनः प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग

डा. गोविन्द केसीलाई पक्रन सर्वोच्चले दियो प्रहरीलाई आदेश (पूर्जीसहित)

Tags :
प्रतिक्रिया दिनुहोस