डा. गोविन्द केसीलाई पक्रन सर्वोच्चले दियो प्रहरीलाई आदेश (पूर्जीसहित) « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

डा. गोविन्द केसीलाई पक्रन सर्वोच्चले दियो प्रहरीलाई आदेश (पूर्जीसहित)


प्रशासन विशेष ब्युरो

२४ पुस २०७४, सोमबार


काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा.डा.गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको हो ।

अदालतको फैसलाविरुद्ध जनमानसमा भ्रम पर्ने गरी न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अमर्यादित, अशिष्ट र अवहेलनाजनक अभिव्यक्ति उल्लेख भएको पाइएको भन्दै अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? भन्दै आदेशमा भनिएको छ –निजलाई पक्राउ गरी २०७४/९/२५ गते विहान ९ बजे अदालतमा हाजिर हुन उपस्थित गराउनु भनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा लेखी पठाउनू ।’

डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार ४ बजेदेखि आमरण अनसन सुरु गरेका थिए । त्यसक्रममा उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको बताएका थिए ।

लगतै सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिएको प्रतिवेदनको आधारमा मुद्दा तयार भएको हो। न्यायाधीश शाहीकै इजलासले डा। केसीलाई पक्राउ गर्न आदेश दिएको छ ।

 

र यो पनि,

डा. केसीले थाले १४ औं पटक अनशनः प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग

डा.गोबिन्द केसी पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस