४० लाख हिनामिना गरेको आरोपमा सिभिल बैंकका कर्मचारी पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

४० लाख हिनामिना गरेको आरोपमा सिभिल बैंकका कर्मचारी पक्राउ


२४ पुस २०७४, सोमबार


काठमाडौं । प्रहरीले ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा सिभिल बैंक बौद्ध शाखाका एक जना कर्मचारीलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले महेश्वर डंगोललाई पक्राउ गरेको हो । उनी एसटु एसिस्टेन्ट पदमा कार्यरत् थिए ।

बैंकले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । थप अनुसन्धान भइरहेको र उनलाई बैंकिङ कसुर मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस