२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शीतलहरले तराईमा २३ को मृत्यु

अ+ अ-

काठमाडौं । शीतलहरले अहिलेसम्म सप्तरीमा १४ को मृत्यु भइसकेको छ । आइतबार मात्रै कञ्चनरूप नगरपालिका–७ का ६१ वर्षीय उत्तम मरिक डोम र बरमझियाका ५५ वर्षीय बेचन शेखको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार कञ्चनरूप नगरपालिका–४ का ललित चौधरीका सातमहिने छोरा गणेश, खड्ग नगरपालिका–८ का ६० वर्षीय मुसहरू चौधरी, डाँकनेश्वरी नगरपालिका–८ का ५५ वर्षीया झौली यादव, अग्निसाइर कृष्णासवरन गाउ“पालिका–४ का ६० वर्षीय लखन ठाकुर र तिलाठी–कोइलाडी गाउँपालिका–७ का ३५ वर्षीय शिवु मण्डलको जाडोले कारण मृत्यु भएको थियो ।

प्रहरीका अनुसार महदेवा गाउँपालिका–२ का ५८ वर्षीय सुकदेव यादवको गत शुक्रबार बिहान घरनजिकैको नहर किनारमा शौच गर्ने क्रममा कठ्यांग्रिएर मृत्यु भएको थियो । शुक्रबारै तिलाठी–कोइलाडी गाउँपालिका–२ का ५५ वर्षीय सुजन ठाकुरको कठ्यांग्रिएर घरमै मृत्यु भयो । त्यसअघि बिहीबार राजविराज नगरपालिका–१० की ६५ वर्षीया कैलीदेवी खंग र राजविराज नगरपालिका–२ की ६० वर्षीया नाजो वेगमको जाडोबाटै मृत्यु भएको वडाध्यक्ष अरुण यादवले बताए ।

यस्तै, छिन्नमस्ता गाउ“पालिका–१ वीरपुरका ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको मृत्यु भएको छ । सप्तरीका प्रहरी नायब उपरीक्षक ध्रुव भट्टराईले पोस्टमार्टम गराउन नसक्दा सबै मृतकको रेकर्ड राख्न नसकेको बताए । शीतलहरबाट मृत्यु भएको अवस्थामा अस्पताल लगेर पोस्टमार्टम गराए मात्रै सरकारी रेकर्डमा उल्लेख हुने नियम छ ।

रौतहटमा जाडोले कठ्यांग्रिएर मर्नेको संख्या पाँच पुगेको छ । शनिबार राति परोहा नगरपालिका–२ जिगडवाका ४५ वर्षीय शेख समिम र रामपुरखापकी ६५ वर्षीया मरठियादेवी कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी यज्ञविनोद पोखरेलले बताए । गत शुक्रबार राति राजदेवी नगरपालिका–७ का ७५ वर्षीय अयोधी राय यादव र गढीमाई नगरपालिका–१ को इँटा उद्योगमा कार्यरत सर्लाही रामवन घर भएका ५५ वर्षीय नेक महम्मद अलीको मृत्यु भएको थियो । यस्तै, गत साता गढीमाई नगरपालिका–४ सुन्दरपुरका ५५ वर्षका महर्जन ठाकुर हजामको अत्यधिक जाडोका कारण मृत्यु भएको थियो ।

तराईमा १० पुसदेखि निरन्तर कुहिरो र बाक्लो हुस्सु लाग्दै आएको छ । कहिले घामै नलाग्ने र दिउँसो लागे पनि मधुरो हुने गरेको छ । चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ । अधिकांश जिल्लामा विद्यालय बन्द गरिएका छन् । ‘तराईमा एक हप्तासम्म घाम नलागेको रेकर्ड छ,’ मौसमविद् वरुण पौडेलले भने, ‘तर, यस वर्ष निरन्तर हप्ता दिनसम्म हुस्सु लाग्ने सम्भावना छैन ।’ जाडो मौसम भएकाले केही दिनपछि बिहान हुस्सु लागे पनि दिउँसो सफा भई घाम लाग्ने उनले बताए । तराईदेखि भारतको दक्षिण र बंगलादेशसम्म बाक्लो खालको एउटै हुस्सु चक्काजस्तो बसेकाले हट्न समय लाग्ने मौसमविद्हरूको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments