निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक


२३ पुस २०७४, आइतबार


काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको खर्चको विवरण सार्वजनिक गरेको छ ।

पुस १० र २१ मा गरी दुई चरणमा भएको निर्वाचनमा ५ अर्ब ६२ करोड बढी खर्च भएको विवरण सार्वजनिक गरेको छ । सरकारले निर्वाचनका लागि १० अर्ब दिएको थियो । जसमध्ये ३० करोड पुँजीगत खर्चतर्फ रकमान्तर गरिएको थियो भने ९ अर्ब ७० करोड निर्वाचन कार्यका लागि छुट्टाइएको थियो ।

आयोगले पुस २१ गतेसम्म ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ (कुल बजेटको ५७.९६ प्रतिशत) रुपियाँ मात्र खर्च जनाएको छ । आयोगका अनुसार उक्त रकम मध्ये ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ (५०.१२ प्रतिशत) रुपियाँ रहेको छ भने आयोगको केन्द्रीय कार्यालयबाट हालसम्म जम्मा ७६ करोड ६ लाख ७८ हजार ६९१ (७.८४ प्रतिशत) रुपियाँ मात्र खर्च भएको छ ।

सरकारले दिएको बजेटमध्ये अब ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७०० (४२.०४ प्रतिशत) रुपियाँ बाँकी रहेको र सो रकमबाट राष्ट्रियसभा सदस्य निर्वाचन र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन कार्य सम्पन्न गर्ने प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।

आयोगले नर्वाचनमा २ लाख १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको र ६४ भन्दा बढी प्रकारका निर्वाचन सामग्री प्रयोग गरिएका जनाएको छ । निर्वाचन सम्पन्न गराउन १६५ निर्वाचन क्षेत्रमध्ये ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाएको छ ।

आयोगले निर्वाचन व्यवस्थापन तथा सञ्चालनमा लाग्ने खर्च गर्दा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा निर्वाचन आयोग ऐन २०७३ लाई पूर्णरूपले पालना गर्दै मितव्ययी तथा पारदर्शीरूपले खर्च गरेको समेत जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस