‘इन्टर स्कुल मोडेल अफ द इयर’मा शिवाङ्गी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘इन्टर स्कुल मोडेल अफ द इयर’मा शिवाङ्गी


२३ पुस २०७४, आइतबार


काठमाडौं । इन्टर स्कुल मोडेल अफ द इयर प्रतियोगितामा शिवाङ्गी चैसिर प्रथम भएकी छन् । ओसियस इन्टरटेनमेन्ट प्रा.लि.द्वारा आयोजित प्रतियोगितामा उनी दजनौं प्रतिस्पर्धिलाई उछिन्दै ताज पहिरिन सफल भएकी छन् ।

उनी मोस्ट फोटोजेनिस, मोस्ट इन्टेलिजेन्ट, बेष्ट इन्ट्रोडक्सन सब टाइटिल तथा इन्टर स्कुल मोडेल अफ द इयरको टाइटल वीनर हुन सफल भएकी हुन् ।

शिवाङ्गी साउथ वेष्ट्रन स्कुल सामाखुशिमा कक्षा ४ मा अध्ययनरत छिन् । पढाइमा अब्बल शिवाङ्गीले यसभन्दा पहिले विद्यालयमा आयोजना हुने साउथवेष्ट्रन गट टयालेन्टमा पनि लगातार दुइ पटक म्युजिक विद्यामा उपाधि जितिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस