सिमेन्ट र छडको मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सिमेन्ट र छडको मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित


२३ पुस २०७४, आइतबार


पोखरा । सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् ।

हिउँद यामको शुरुवात्सँगै निर्माणका कामले तीव्रता पाउन थालेका बेला सिमेन्ट र छड कम्पनीले मनोमानी रुपमा मूल्य वृद्धि गरेकामा पोखरा हार्डवेयर एशोसिएसनले विरोध जनाएको हो ।

दश दिनदेखि नेपालभरिका कम्पनीले बिनाकारण र बिनाआधार पिपिसी सिमेन्टमा प्रति ५० किलोग्रामको बोरामा १००, ओपिसी सिमेन्टमा १२० र फलामे छडमा प्रतिकिलोग्राम १३ मूल्य वृद्धि गर्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको एशोसिएसनका अध्यक्ष राजेशकुमार गुप्ताले बताए ।

व्यवसायमाथि नै उद्योग कम्पनीले एकाएक थेग्न नसक्ने गरी सामानको मूल्य बढाएको देख्दा हामी अचम्म भएका छौँ, “एशोसिएसनका अध्यक्ष गुप्ताले भने ।”

अनावश्यक र कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउँदा व्यवसाय नियमित रुपमा सञ्चालन गर्न नसक्ने र मूल्य वृद्धिबाट जिल्लामा रहेका २२० हार्डवेयर व्यवसायी आन्दोलित र आफ्ना व्यवसाय बन्द गर्नुपर्नेसम्मको अवस्था भएको बताइएको छ ।

सम्बन्धित कम्पनीसँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि बिनाकारणको मूल्य वृद्धिले प्रत्यक्ष असर उपभोक्ता र हार्डवेयर व्यवसायीमा परेको हुँदा यसले पारेको समस्याप्रति गम्भीर हुन पनि सरोकारवालासँग विनम्र अनुरोध गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस