थारु भाषालाई सरकारी कामकाजको भाषा बनाइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थारु भाषालाई सरकारी कामकाजको भाषा बनाइने


२३ पुस २०७४, आइतबार


दाङ । घोराही उपमहानगरपालिकाले आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।

उपमहानगर कार्यपालिकाको बैठकले प्रथम नगरसभाबाट पारित नीति कार्यक्रमअनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।

सोअनुसार थारु भाषामा आएका निवेदन दर्ता गरी कार्यसम्पादन हुनेछ भने कार्यालयमा नगर प्रमुख नरुलाल चौधरीसहितका जनप्रतिनिधि र थारु समुदायका कर्मचारीले थारु सेवाग्राहीसँग आफ्नै भाषामा कुराकानी गर्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस