कर्मचारी समायोजनमा ढिलाइ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कर्मचारी समायोजनमा ढिलाइ


२३ पुस २०७४, आइतबार


काठमाडौं । कर्मचारी समायोजन ऐन जारी भएको तीन महिना पुग्न लागिसक्दासमेत सरकारले कर्मचारी समायोजन प्रक्रिया सुरु गर्न सकेको छैन ।

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन नियमावली स्वीकृतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको एक महिना बितिसक्दासमेत कानुन मन्त्रालयले कुनै चासो नदिएपछि नियमावली बन्ने काम पनि रोकिएको छ ।

ऐन कार्यान्वयन गर्न आवश्यक समायोजन नियमावली समयमै नबन्दा कर्मचारी समायोजन पक्रिया सुरु हुन नसकेको हो । कानुन मन्त्रालयबाटै नियमावली नआउँदा त्यसलाई अन्तिम रुप दिन नसकिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । नियमावली स्वीकृत नहुँदा समायोजन थाल्न कठिन भएको उनको भनाइ छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस